
काठमाडौं : सुनसरीको कप्तानगञ्जमा भएको दुःखद् घटनालाई लिएर आमरण अनसनमा बसेका राष्ट्रिय एकता दलका अध्यक्ष विनय यादवको मागप्रति नेपाली कांग्रेसको ‘सनातन हिन्दूराष्ट्र स्थापना महाअभियान’ले ऐक्यवद्धता जनाएको छ । महाअभियानले एक प्रेस वक्तव्य जारी गर्दै यादवको जारी अनसन र उनको स्वास्थ्य अवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिका वडा नं. ३, कप्तानगञ्जमा भएको दुःखद् घटनालाई लिएर विभिन्न मागसहित यादव आमरण अनसनमा बसेका हुन् । उनको अनसन आज २५ साउनमा १२ औं दिनमा प्रवेश गरेको छ ।
यादवको आमरण अनसन १२ दिनमा प्रवेश गरिसक्दा पनि नेपाल सरकारले अनसनरत पक्षसँग संवाद गर्ने र जायज मागलाई सम्बोधन गरेर अनसन तोडाउनका लागि हालसम्म कुनै प्रयास नगरेको भन्दै महाअभियानले गहिरो चिन्ता व्यक्त गरेको छ ।
महाअभियानका संयोजक शंकर भण्डारीद्वारा जारी वक्तव्यमा भनिएको छ, “नेपाली कांग्रेस, सनातन हिन्दूराष्ट्र स्थापना महाअभियान आमरण अनशन बसिरहनु भएका राष्ट्रिय एकता दलका अध्यक्ष श्री विनय यादवको जीवनको सुरक्षाको लागि चिन्ता प्रकट गर्दै सो दलका तर्फबाट नेपाल सरकार समक्ष राखिएका जायज मागप्रति महाअभियानको तर्फबाट ऐक्यवद्धता प्रकट गर्दछ ।”
सुनसरी घटनामा ज्यान गुमाएका परिवारलाई न्याय, घाइतेहरूको पूर्ण उपचार, घटनाको निष्पक्ष छानविन तथा दोषीलाई कानूनी कारवाहीको माग राखेर यो आमरण अनसन सुरु भएको हो । यो विषय नागरिकको न्याय र सुरक्षासँग जोडिएको गम्भीर सरोकारको विषय भएकोले यसलाई हल्का र राजनीतिक विरोधको रूपमा मात्र लिन नहुने महाअभियानको ठहर छ ।
महाअभियानले नागरिकको न्याय र सुरक्षाजस्तो गम्भीर विषयमा अनसनरत पक्षसँग यथाशिघ्र संवाद अघि बढाई आपसी सहमतिमा मागहरूको सम्बोधन गर्न सरकारसँग जोडदार माग गरेको छ ।
यसैगरी, महाअभियानले नेपालको सीमावर्ती क्षेत्रमा हुने गरेका अवैध आवतजावत, गैरकानूनी बसोवास एवं सम्भावित साम्प्रदायिक अतिवादी गतिविधिलाई नियन्त्रणमा लिन पनि सरकारको ध्यानाकर्षण गराएको छ । सीमा क्षेत्रका यस्ता अवान्छित गतिविधिलाई नियन्त्रणमा लिएर मधेशमा शान्ति र अमनचयन कायम गर्न सरकारले प्रभावकारी पहल गर्नुपर्ने माग समेत वक्तव्यमा जोडदार रूपमा उठाइएको छ ।

मुलुक लोकतन्त्र र संविधानको संरक्षण र सम्बर्धन गर्नुपर्ने गम्भीर मोडमा उभिएको अवस्थामा नेपाली कांग्रेस भित्र झांगिदै गएको गुटगत तिक्तता, विशेष...
काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवादमा पूर्वसभापति शेर वहादुर देउवाले दायर मुद्धामा सर्वोच्च अदालतले पुनरवलोकन गर्ने निर्णय गरेसंगै कांग्रेसको राजनीति...
काठमाडौं : सरकारले विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन गर्न एक कार्यदल गठन गरेको छ । उद्योगको विद्यमान आर्थिक, प्राविधिक...