
मुलुक लोकतन्त्र र संविधानको संरक्षण र सम्बर्धन गर्नुपर्ने गम्भीर मोडमा उभिएको अवस्थामा नेपाली कांग्रेस भित्र झांगिदै गएको गुटगत तिक्तता, विशेष महाधिवेशन र नियमित महाधिवेशनको नाममा सिर्जित पक्ष, विपक्ष तथा पार्टी विभाजनको भयानक संघारले सम्पूर्ण नेपाली जनता, राजनीतिक दलका नेता, पार्टीका आम कार्यकर्ता र श्रमजीवीहरूमा गम्भीर निराशा र त्रास पैदा भएको ट्रेड युनियनकर्मीहरुद्वारा जारी वक्तव्यमा भनिएको छ ।
मुलुकको गम्भीर घडीमा, आफ्ना जीवनका ऊर्जाशील समय, वैयक्तिक सुख सुविधा र आकांक्षालाई थाती राखेर नेपाली कांग्रेसको लोकतान्त्रिक मूल्य र मान्यता एवं प्रजातान्त्रिक समाजवादप्रति प्रतिबद्ध रहँदै नेपाल ट्रेड युनियन कांग्रेसका माध्यमबाट श्रमजीवी वर्गको वर्गीय अधिकार एवं समृद्धिका लागि समर्पित हामी नेपालको ट्रेड युनियन आन्दोलन एवं श्रमजीवी नेतृत्वका हैसियतले पार्टी सभापति, पदाधिकारी एवं नेतृत्वसमक्ष यो गम्भीर ध्यानाकर्षण पत्र प्रस्तुत गरेको वक्तव्य उल्लेख छ ।
जननायक बीपी कोइराला, सर्वोच्च नेता गणेशमान सिंह, समर्पणका प्रतीक सुवर्ण शमशेर, निष्ठा र इमान्दारिताका धरोहर कृष्णप्रसाद भट्टराई, नेपाल ट्रेड युनियन कांग्रेसका संस्थापक अध्यक्ष एवं क्रान्तिकारी नेता गिरिजा प्रसाद कोइराला, सादगी नेता सुशिल कोईराला तथा समन्वयकारी नेता शेरबहादुर देउवाजस्ता युग पुरुषहरुको त्याग, बलिदान र निष्ठाको जगमा उभिएको यो ऐतिहासिक पार्टीले सधैं मुलुकको संकटमा नेतृत्वदायी भूमिका सहित निकास दिँदै आएको छ । वक्तव्यमा भनिएको छ – इतिहास साक्षी छ, जब–जब नेपाली कांग्रेस कमजोर वा विभाजित अवस्थामा पुग्छ, तव–तव मुलुकमा अधिनायकवाद, निरङ्कुशता र अस्थिरताले टाउको उठाउँदै आएको तथ्यलाई नकार्न सक्ने अवस्था नरहेको बताएका छन् । लाखौँ श्रमजीवीहरूले आफ्नो पसिना र रगत बगाएर श्रमिक आन्दोलनको जगमा खडा भएको नेपाली कांग्रेस विभाजनको दिशामा अघि बढ्दा आम कार्यकर्ता र ट्रेड युनियनकर्मीहरुको मन मस्तिष्क छिया छिया हुन पुगेको बताएका छन् । पार्टी विभाजन हुनु भनेको केवल एउटा राजनीतिक दल टुक्रिनु मात्र होइन, नेपालको राष्ट्रियता, लोकतन्त्र, समाजवाद र समग्र श्रमजीवी वर्गको भाग्य र भविष्यमाथि अपुरणीय क्षति पुग्नु हो । तसर्थ, आजको यो ऐतिहासिक संवेदनशील घडीमा विशेष महाधिवेशन पक्षधर र नियमित महाअधिवेशन पक्षधर दुवै तर्फका वरिष्ठ तथा प्रभावशाली नेतृत्व वर्गसँग विभाजनको मानसिकताबाट माथि उठ्न र एकताबद्ध नेपाली कांग्रेस बनाउन हार्दिक आग्रह समेत गरेका छन् ।
तसर्थ पार्टीको वर्तमान नेतृत्व एवं शीर्ष नेताहरु एकै ठाउँमा बसेर खुल्ला, भ्रातृत्वपूर्ण, सार्थक एवं परिणाममुखी संवाद प्रारम्भ गरी सानातिना विवादभन्दा माथि उठ्दै पार्टी एकताका निम्ती साझा बिन्दु पहिल्याई, दशकौंदेखि पार्टीका लागि सर्वस्व गुमाएका लाखौं क्रियाशील, शुभेक्षुक एवं ट्रेड युनियन आन्दोलनको नेतृत्वको आग्रह र भावनालाई आत्मसात गर्दै उच्च संवादका माध्यमबाट उचित निकास सहित समग्र पार्टी एकताका लागि भैरहेको यहाँहरुको प्रयासलाई सार्थकता प्रदान गर्न र नेपाली कांग्रेसको एकता अक्षुण्ण राख्न हामी श्रमजीवीहरूको तर्फबाट पुनः जोडदार माग गर्दछौं । ध्यानकर्षण पत्रमा भनिएको छ ।
यसरी वक्त जारी गर्नेहरुमा खिला नाथ दाहाल, पूर्व अध्यक्ष नेपाल ट्रेड युनियन कांग्रेस, अयोध्या प्रसाद यादव, पूर्व उपाध्यक्ष नेपाल ट्रेड युनियन कांग्रेस, बमबहादुर डी सी पूर्व उपाध्यक्ष नेपाल ट्रेड युनियन कांग्रेस, डीपी अर्याल, पूर्व कोषाध्यक्ष नेपाल ट्रेड युनियन कांग्रेस, ऋषभदेव घिमिरे, पूर्व उप महासचिव नेपाल ट्रेड युनियन कांग्रेस, डा. संजय मिश्र, पूर्व उप महासचिव नेपाल ट्रेड युनियन कांग्रेस, ललितकला गुरुङ पुर्व उप महासचिव नेपाल ट्रेड युनियन कांग्रेस, भगवती खडका, संस्थापक अध्यक्ष नेपाल व्यूटीशियन संघ लगायत रहेका छन् ।
काठमाडौं : एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पुर्यो । कतिपय बाढीमा...
काठमाडौं : प्रदर्शनका क्रममा रहेको चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर काठमाडौंस्थित भारतीय दूतावासमा प्रदर्शन भएको छ । चलचित्रको कथासँग प्रत्यक्ष...
काठमाडौं । रसुवामा आएको भोटेकोशी बाढीबाट भएको क्षति तथा आवश्यक स्रोत पहिचानका लागि गठित र्यापिड ड्यामेज एन्ड निड एसेसमेन्ट (आरडीएनए)...