किशोर श्रेष्ठलाई सोमबार सर्वोच्च अदालत उपस्थित गराउन आदेश – Naya Bikalpa
August 14, 2026, Friday      Epaper

किशोर श्रेष्ठलाई सोमबार सर्वोच्च अदालत उपस्थित गराउन आदेश

काठमाडौं : सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश दिएको छ । बन्दी प्रत्यक्षीकरणको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले भदौ १ गते बिहान १० बजेभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफसहित श्रेष्ठलाई उपस्थित गराउन निर्देशन दिएको हो ।

श्रेष्ठलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै उनकी श्रीमती सरस्वती श्रेष्ठले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । सोही रिटमाथि सुनुवाइ गर्दै अदालतले ‘आदेश जारी हुनु नपर्ने भए त्यसको आधार र कारण खुलाएर जवाफ पेस गर्नू’ भन्दै सरोकारवालालाई निर्देशन दिएको छ ।

अदालतले श्रेष्ठको घर तथा जनआस्था साप्ताहिकको कार्यालयबाट प्रहरीले जफत गरेका सामग्री पनि इजलाससमक्ष पेस गर्न आदेश दिएको छ । आदेशअनुसार दुईवटा ल्यापटप, छवटा सिपियू, मोबाइल, आइप्याडलगायत विद्युतीय उपकरण तथा अनुसन्धानसम्बन्धी फाइल सोमबार इजलासमा देखाएर पुनः लैजानुपर्नेछ ।

वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ उल्लंघन गरेको आरोपमा प्रहरीले श्रेष्ठलाई गत बुधबार राति पक्राउ गरेको थियो । पक्राउसँगै उनको निवास र जनआस्थाको कार्यालयमा खानतलासी गरी विभिन्न विद्युतीय सामग्री जफत गरिएको थियो । जिल्ला अदालत काठमाडौंले बिहीबार श्रेष्ठमाथि अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।

हाल श्रेष्ठलाई प्रहरी वृत्त महाराजगञ्जको हिरासतमा राखिएको छ । उनी विश्व प्रेस काउन्सिलका वरिष्ठ उपाध्यक्ष, प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष तथा नेपाल पत्रकार महासंघका पूर्व महासचिव समेत हुन् ।

सम्बन्धित समाचार

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा उपसभापति शर्मासहित १२ नेताले राखे धारणा
कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा उपसभापति शर्मासहित १२ नेताले राखे धारणा
  • २०८३ श्रावण २९, ११: ४४

ललितपुर : ललितपुरको सानेपास्थित बीपी स्मृति भवनमा साउन २४ गतेदेखि जारी नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक साउन ३१ गते आइतबार...

अहंकार त्यागेर पार्टी एकतामा आउन इतर पक्षलाई सुजाताको आग्रह : ‘देउवाजी, अब पदका लागि नलड्नुहोस्, अभिभावक बन्नुहोस्’
अहंकार त्यागेर पार्टी एकतामा आउन इतर पक्षलाई सुजाताको आग्रह : ‘देउवाजी, अब पदका लागि नलड्नुहोस्, अभिभावक बन्नुहोस्’
  • २०८३ श्रावण २९, ११: ४४

काठमाडौं : नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले पार्टीभित्रको इतर पक्षलाई अहंकार त्यागेर मूल प्रवाहमा समाहित हुन र एकताको पक्षमा उभिन...

उजुरीकै आधारमा कसैलाई दोषी ठहर गर्न मिल्दैन : गृहमन्त्री गुरुङ
उजुरीकै आधारमा कसैलाई दोषी ठहर गर्न मिल्दैन : गृहमन्त्री गुरुङ
  • २०८३ श्रावण २९, ११: ४४

काठमाडौं : गृहमन्त्री सुधन गुरुङले उजुरी परेकै आधारमा सार्वजनिक पदाधिकारीलाई दोषी ठहर गर्दै चरित्रमाथि प्रश्न उठाउन नमिल्ने बताएका छन् ।...