अहंकार त्यागेर पार्टी एकतामा आउन इतर पक्षलाई सुजाताको आग्रह : ‘देउवाजी, अब पदका लागि नलड्नुहोस्, अभिभावक बन्नुहोस्’ – Naya Bikalpa
August 14, 2026, Friday      Epaper

अहंकार त्यागेर पार्टी एकतामा आउन इतर पक्षलाई सुजाताको आग्रह : ‘देउवाजी, अब पदका लागि नलड्नुहोस्, अभिभावक बन्नुहोस्’

काठमाडौं : नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले पार्टीभित्रको इतर पक्षलाई अहंकार त्यागेर मूल प्रवाहमा समाहित हुन र एकताको पक्षमा उभिन जोडदार आग्रह गरेकी छन्। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै नेत्री कोइरालाले निवर्तमान सभापति शेरबहादुर देउवालाई पदको लडाइँ छाडेर अभिभावकीय भूमिका निर्वाह गर्न र त्याग देखाउन सुझाव दिएकी हुन्। राष्ट्रप्रतिको जिम्मेवारीबोध गर्दै पद र गुटभन्दा माथि उठेर एकताबद्ध हुन आह्वान गरेकी उनले सभापति गगनकुमार थापा सबै पक्षप्रति लचिलो र जिम्मेवार रूपमा प्रस्तुत भइरहेको भन्दै उनको नेतृत्व शैलीको खुलेर प्रशंसा गरिन्।

बैठकमा आफ्ना पिता तथा पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालालाई स्मरण गर्दै नेत्री कोइरालाले भनिन्, “गिरिजाबाबुले सधैँ भन्नुहुन्थ्यो— कांग्रेस जब–जब बलियो र लोकप्रिय हुन्छ, तब–तब यसका विरुद्ध अनेक षड्यन्त्रहरू सुरु हुन्छन्। आज ठीक त्यस्तै अवस्था देखिएको छ।” उनले बाह्य तथा आन्तरिक षड्यन्त्रका बाबजुद वर्तमान सभापति गगन थापाले नेपाली कांग्रेसलाई अत्यन्तै कुशल र परिपक्व ढङ्गले अगाडि बढाइरहेको बताइन्।

सुरुवाती दिनमा गगन थापाले पार्टी कसरी हाँक्लान् भन्ने आफूलाई केही चिन्ता लागेको स्मरण गर्दै उनले अहिले थापाले आफ्नो कार्यक्षमता र व्यवहारबाटै सफल नेतृत्व प्रमाणित गरिसकेको स्पष्ट पारिन्। गगन थापाको सभापतित्वपछि पार्टीमा नयाँ पुस्ता र युवाहरूको व्यापक आकर्षण बढेको दाबी गर्दै उनले भनिन्, “अबको पाँच वर्षपछि हुने आम निर्वाचनमा कांग्रेसले स्पष्ट बहुमत ल्याउनेछ, साथै सातै प्रदेश र स्थानीय तहहरूमा समेत कांग्रेसकै वर्चस्व र बहुमत कायम हुनेमा म पूर्ण विश्वस्त छु।”

इतर समूहका नेताहरूलाई लक्षित गर्दै उनले समयको पदचाप बुझ्न र विग्रहको बाटो त्यागेर पार्टी सुदृढीकरणमा लाग्न अनुरोध गरिन्। पद र प्रतिष्ठाको व्यक्तिगत टकरावले कसैको हित नगर्ने स्पष्ट पार्दै उनले वैधानिक नेतृत्वलाई साथ दिएर पार्टीलाई थप एकताबद्ध, जुझारु र जनप्रिय बनाउन सबै तहका नेता-कार्यकर्ताहरूलाई आह्वानसमेत गरिन्।

सम्बन्धित समाचार

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा उपसभापति शर्मासहित १२ नेताले राखे धारणा
कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा उपसभापति शर्मासहित १२ नेताले राखे धारणा
  • २०८३ श्रावण २९, १७: ३८

ललितपुर : ललितपुरको सानेपास्थित बीपी स्मृति भवनमा साउन २४ गतेदेखि जारी नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक साउन ३१ गते आइतबार...

देउवाको उपस्थितिमा कांग्रेस संस्थापनइतर पक्षको राष्ट्रिय भेला सुरु
देउवाको उपस्थितिमा कांग्रेस संस्थापनइतर पक्षको राष्ट्रिय भेला सुरु
  • २०८३ श्रावण २९, १७: ३८

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षको राष्ट्रिय भेला काठमाडौंमा सुरु भएको छ । कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले पानसमा बत्ती...

गृहमन्त्री गुरुङले गरे आईजी कार्कीको बचाउ, सांसदलाई ‘न्यायाधीश नबन्न’ चेतावनी
गृहमन्त्री गुरुङले गरे आईजी कार्कीको बचाउ, सांसदलाई ‘न्यायाधीश नबन्न’ चेतावनी
  • २०८३ श्रावण २९, १७: ३८

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले प्रहरी महानिरीक्षक (आईजी) दानबहादुर कार्कीमाथि लागेको आरोप पुष्टि नभएसम्म त्यसकै आधारमा निष्कर्ष निकाल्न नहुने बताएका...