कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा उपसभापति शर्मासहित १२ नेताले राखे धारणा – Naya Bikalpa
August 14, 2026, Friday      Epaper

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा उपसभापति शर्मासहित १२ नेताले राखे धारणा

ललितपुर : ललितपुरको सानेपास्थित बीपी स्मृति भवनमा साउन २४ गतेदेखि जारी नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक साउन ३१ गते आइतबार पुनः बस्ने भएको छ।

सभापति गगनकुमार थापाको सभापतित्वमा बसेको शुक्रबारको बैठकमा १२ जना नेताहरूले आ–आफ्नो धारणा राखेका छन्। आजको बैठकमा उपसभापति विश्वप्रकाश शर्मा, सह-महामन्त्री बहादुरसिंह लामा तथा केन्द्रीय सदस्यहरू रमेश रिजाल, सुजाता कोइराला, अर्जुनप्रसाद जोशी, इन्जिनियर मोहन आचार्य, नानु बास्तोला, अजयबाबु शिवाकोटी, दिनेश कोइराला, शम्भुबहादुर बुढाथोकी, अनिलकुमार झा र केन्द्रीय सदस्य एवम् कोसी प्रदेश सभापति उद्धव थापाले आ–आफ्नो धारणा राखेका थिए।

केन्द्रीय कार्यसमितिमा छलफलको क्रम जारी रहेकाले अर्को बैठक साउन ३१ गते दिउँसो १:०० बजे केन्द्रीय कार्यालयमा बस्ने जानकारी कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले दिएका छन्।

सम्बन्धित समाचार

अहंकार त्यागेर पार्टी एकतामा आउन इतर पक्षलाई सुजाताको आग्रह : ‘देउवाजी, अब पदका लागि नलड्नुहोस्, अभिभावक बन्नुहोस्’
अहंकार त्यागेर पार्टी एकतामा आउन इतर पक्षलाई सुजाताको आग्रह : ‘देउवाजी, अब पदका लागि नलड्नुहोस्, अभिभावक बन्नुहोस्’
  • २०८३ श्रावण २९, १९: १८

काठमाडौं : नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले पार्टीभित्रको इतर पक्षलाई अहंकार त्यागेर मूल प्रवाहमा समाहित हुन र एकताको पक्षमा उभिन...

देउवाको उपस्थितिमा कांग्रेस संस्थापनइतर पक्षको राष्ट्रिय भेला सुरु
देउवाको उपस्थितिमा कांग्रेस संस्थापनइतर पक्षको राष्ट्रिय भेला सुरु
  • २०८३ श्रावण २९, १९: १८

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षको राष्ट्रिय भेला काठमाडौंमा सुरु भएको छ । कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले पानसमा बत्ती...

गृहमन्त्री गुरुङले गरे आईजी कार्कीको बचाउ, सांसदलाई ‘न्यायाधीश नबन्न’ चेतावनी
गृहमन्त्री गुरुङले गरे आईजी कार्कीको बचाउ, सांसदलाई ‘न्यायाधीश नबन्न’ चेतावनी
  • २०८३ श्रावण २९, १९: १८

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले प्रहरी महानिरीक्षक (आईजी) दानबहादुर कार्कीमाथि लागेको आरोप पुष्टि नभएसम्म त्यसकै आधारमा निष्कर्ष निकाल्न नहुने बताएका...