बाजुरा पहिरो : बेपत्ता महिलाको शव भेटियो – Naya Bikalpa
August 14, 2026, Friday      Epaper

बाजुरा पहिरो : बेपत्ता महिलाको शव भेटियो

बाजुरा : बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा पहिरोमा परी बेपत्ता भएकी महिलाको शव भेटिएको छ । गएराति अविरल वर्षासँगै पहिरोले घर पुरिँदा बेपत्ता भएकी त्रिवेणी नगरपालिका–९ की २० वर्षीया प्रतीक्षा थापाको शव भेटिएको हो ।

बेपत्ता थापाको खोजी गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा स्थानीय खटिएका थिए । पहिरोले पुरिएको घरभित्र थापाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नरेशबहादुर शाहीले जानकारी दिए ।

पहिरोका कारण उक्त बस्तीका अन्य घर पनि जोखिममा रहेका स्थानीय दीपेन्द्र थापाले बताउनुभयो । पहिरोले स्थानीय धर्म थापा र कर्णबहादुर थापाको घर पूर्ण रुपमा क्षति भएको छ । पहिरोमा परी स्थानीय धर्म थापा र धौलीदेवी रावल घाइते भएका छन् । घाइते दुवैको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा उपसभापति शर्मासहित १२ नेताले राखे धारणा
कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा उपसभापति शर्मासहित १२ नेताले राखे धारणा
  • २०८३ श्रावण २९, ११: ५२

ललितपुर : ललितपुरको सानेपास्थित बीपी स्मृति भवनमा साउन २४ गतेदेखि जारी नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक साउन ३१ गते आइतबार...

अहंकार त्यागेर पार्टी एकतामा आउन इतर पक्षलाई सुजाताको आग्रह : ‘देउवाजी, अब पदका लागि नलड्नुहोस्, अभिभावक बन्नुहोस्’
अहंकार त्यागेर पार्टी एकतामा आउन इतर पक्षलाई सुजाताको आग्रह : ‘देउवाजी, अब पदका लागि नलड्नुहोस्, अभिभावक बन्नुहोस्’
  • २०८३ श्रावण २९, ११: ५२

काठमाडौं : नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले पार्टीभित्रको इतर पक्षलाई अहंकार त्यागेर मूल प्रवाहमा समाहित हुन र एकताको पक्षमा उभिन...

उजुरीकै आधारमा कसैलाई दोषी ठहर गर्न मिल्दैन : गृहमन्त्री गुरुङ
उजुरीकै आधारमा कसैलाई दोषी ठहर गर्न मिल्दैन : गृहमन्त्री गुरुङ
  • २०८३ श्रावण २९, ११: ५२

काठमाडौं : गृहमन्त्री सुधन गुरुङले उजुरी परेकै आधारमा सार्वजनिक पदाधिकारीलाई दोषी ठहर गर्दै चरित्रमाथि प्रश्न उठाउन नमिल्ने बताएका छन् ।...