भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण – Naya Bikalpa
August 27, 2026, Thursday      Epaper

भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण


काठमाडौं : भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन अत्यावश्यक राहत सामग्री हस्तान्तरण गरेको छ।

नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेललाई भारतले उक्त राहत सामग्री हस्तान्तरण गरेको हो। भारतका अनुसार ती सामग्री विनाशकारी आकस्मिक बाढीबाट प्रभावित क्षेत्रमा नेपालको उद्धार तथा राहत प्रयासमा सहयोग पुर्‍याउनेछन्।

भारतले थप राहत सामग्री बिहीबार नेपाल आइपुग्ने जनाएको छ।

भारतले कठिन परिस्थितिमा नेपाल र नेपाली जनताको साथमा रहेको जनाएको छ। भारतले आफ्नो सहयोगलाई ‘फर्स्ट रेस्पोन्डर’ तथा ‘नेबरहुड फर्स्ट’ नीतिअन्तर्गतको सहयोगका रूपमा प्रस्तुत गरेको छ।

भारतको विदेश मन्त्रालय, नेपालस्थित भारतीय दूतावास र नेपालको परराष्ट्र मन्त्रालयका आधिकारिक प्रतिनिधिहरूलाई समेत उक्त जानकारीमा उल्लेख गरिएको छ।

सम्बन्धित समाचार

भारतले दोस्रो खेपमा ३७.५ टन राहत सामग्री पठायो
भारतले दोस्रो खेपमा ३७.५ टन राहत सामग्री पठायो
  • २०८३ भाद्र ११, ०७: ३३

काठमाडौं : भारतले बाढी तथा पहिरो प्रभावित नेपालका नागरिकका लागि दोस्रो खेपमा ३७.५ टन मानवीय सहायता तथा विपद् राहत सामग्री,...

रसुवा बाढी : ३५९ जनाको शव फेला
रसुवा बाढी : ३५९ जनाको शव फेला
  • २०८३ भाद्र ११, ०७: ३३

काठमाडौँ : चीनको तिब्बत हुँदै रसुवाको भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाउनेको संख्या ३५९ पुगेको छ । नेपाल प्रहरीले दिएको...

चुनदेवी कांग्रेसलाई अर्को झड्का : सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
चुनदेवी कांग्रेसलाई अर्को झड्का : सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
  • २०८३ भाद्र ११, ०७: ३३

काठमाडौं : सर्वोच्च अदालतले नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेको रिटमा अन्तरकालीन आदेश...