
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) बाढीबाट प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि आज बिहान नुवाकोटको विदुरतर्फ प्रस्थान गरेका छन् ।
प्रधानमन्त्री शाहसँग पूर्वाधार विकासमन्त्री सुनिल लम्साल पनि सहभागी छन्। प्रधानमन्त्रीसहितको टोली बिहान ९ः३० बजे सडक मार्ग हुँदै विदुरतर्फ प्रस्थान गरेको हो ।
रसुवाको भोटेकोशी हुँदै आएको बाढीले नदी तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएपछि प्रधानमन्त्री शाहले उद्धार तथा राहतका काम प्रभावकारी बनाउन सम्बन्धित निकायसँग समन्वय र सहजीकरण गर्दै आएका छन् ।
बाढीपछि उनले उच्चस्तरीय बैठक बोलाएर खोज, उद्धार तथा राहत कार्य प्रभावकारी बनाउन मातहतका निकायलाई आवश्यक निर्देशन दिएका थिए ।
बाढीले विभिन्न क्षेत्रमा क्षति पुर्याए पनि समय सीमित रहेकाले प्रधानमन्त्री शाहले आज मुख्य रूपमा नुवाकोटको विदुर तथा आसपासका प्रभावित बस्तीको निरीक्षण गर्ने कार्यक्रम रहेको छ ।
निरीक्षणका क्रममा प्रधानमन्त्री शाह र पूर्वाधार विकासमन्त्री लम्सालले बाढीबाट भएको भौतिक क्षतिको अवस्थाबारे स्थलगत जानकारी लिनेछन् । उनीहरूले स्थानीय प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधिसँग राहत तथा पुनर्स्थापना र अवरुद्ध पूर्वाधार सञ्चालनका विषयमा छलफल गर्ने कार्यक्रम छ ।
त्यसैगरी, प्रभावित क्षेत्रमा राहतको कामलाई तीव्र बनाउने तथा क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण र पुनर्स्थापनाका लागि आवश्यक निर्देशन दिने कार्यक्रम रहेको जनाइएको छ ।
काठमाडौं : भारतले बाढी तथा पहिरो प्रभावित नेपालका नागरिकका लागि दोस्रो खेपमा ३७.५ टन मानवीय सहायता तथा विपद् राहत सामग्री,...
काठमाडौँ : चीनको तिब्बत हुँदै रसुवाको भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाउनेको संख्या ३५९ पुगेको छ । नेपाल प्रहरीले दिएको...
काठमाडौं : सर्वोच्च अदालतले नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेको रिटमा अन्तरकालीन आदेश...