लायन्स अन्तर्राष्ट्रिय मल्टिपल ३२५ ले बाढी पीडितलाई एक करोड राहत उपलब्ध गराउने – Naya Bikalpa
September 5, 2026, Saturday      Epaper

लायन्स अन्तर्राष्ट्रिय मल्टिपल ३२५ ले बाढी पीडितलाई एक करोड राहत उपलब्ध गराउने

काठमाडौं : विश्वको सामाजिक कार्यमा अब्बल रुपमा रहेको लायन्स अन्तर्राष्ट्रिय क्लब अन्तर्गत रहेको नेपालको मल्टिपल डिष्ट्रिक्ट ३२५ ले बाढी प्रभावित क्षेत्रका पीडितलाई सहयोग गर्न एक करोड रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

मल्टिपल काउन्सिल चियरपर्सन लायन केशरबहादुर भण्डारीको पहलमा तत्काल राहत संकलन र वितरण गर्ने निर्णय गरिएको हो । मल्टिपल डिष्ट्रिक्ट ३२५ अन्तर्गत १५ वटा डिष्ट्रिक्ट रहेका छन् ।

भदौ १० गते बसेको काउन्सिल अफ गभर्नर्स बैठकले चीनको तिब्बत क्षेत्रबाट आएको लेदो सहितको ठूलो बाढीका कारण रसुवाको टिमुरे, नुवाकोटको त्रिशुली हुँदै मुग्लिङसम्मका तटीय क्षेत्रमा ठुलो जनधनको क्षति भएको निष्कर्ष निकाल्दै तत्काल उद्धार र राहतका लागि आर्थिक सहयोग जुटाउने निर्णय गरेको हो ।

निर्णयअनुसार प्रत्येक डिष्ट्रिक्टबाट न्यूनतम ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँका दरले रकम संकलन गरी कुल १ करोड रुपैयाँ मल्टिपल डिष्ट्रिक्टमार्फत राहत कार्यमा परिचालन गरिनेछ ।

सोही निर्णयअनुसार डिस्ट्रिक्ट ३२५ एफले ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ मल्टिपल डिष्ट्रिक्ट ३२५ को खातामा जम्मा गरिसकेको छ ।

काउन्सिलका प्रमुख प्रशासक प्रद्युम्न पोखरेलका अनुसार आजैदेखि विभिन्न डिष्ट्रिक्टहरूबाट उक्त रकम संकलन सुरु भइसकेको छ । संकलित रकम मल्टिपल डिष्ट्रिक्टको समन्वयमा बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यमा खर्च गरिने जनाइएको छ ।

मल्टिपल ३२५ ले नेपाल ईनभेष्ट वैङ्कको निम्न खातामा रकम जम्मा गरिदिन समेत अनुरोध गरेको छ ।

Account Name: Lions Clubs International MD 325
Account No: 09001050014656
Bank Name: Nepal Investment Mega Bank Ltd.
Branch: Kamaladi

सम्बन्धित समाचार

बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि…
बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि…
  • २०८३ भाद्र ११, १३: ५८

काठमाडौं : एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पुर्‍यो । कतिपय बाढीमा...

भारतीय दूतावासमा चलचित्र ‘पेन्सन पट्टा’को ट्रेलर प्रदर्शन
भारतीय दूतावासमा चलचित्र ‘पेन्सन पट्टा’को ट्रेलर प्रदर्शन
  • २०८३ भाद्र ११, १३: ५८

काठमाडौं : प्रदर्शनका क्रममा रहेको चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर काठमाडौंस्थित भारतीय दूतावासमा प्रदर्शन भएको छ । चलचित्रको कथासँग प्रत्यक्ष...

३२ हजारभन्दा बढी प्रत्यक्ष प्रभावित, ५५ किलोमिटर सडक र १०५ वटा पुलमा क्षति
३२ हजारभन्दा बढी प्रत्यक्ष प्रभावित, ५५ किलोमिटर सडक र १०५ वटा पुलमा क्षति
  • २०८३ भाद्र ११, १३: ५८

काठमाडौं । रसुवामा आएको भोटेकोशी बाढीबाट भएको क्षति तथा आवश्यक स्रोत पहिचानका लागि गठित र्‍यापिड ड्यामेज एन्ड निड एसेसमेन्ट (आरडीएनए)...