
काठमाडौं : रसुवामा आएको बाढीपछि सिन्धुपाल्चोकका २२४ जना व्यक्तिसँग सम्पर्क हुन नसकेको विवरण सार्वजनिक भएको छ । बाढी प्रभावित क्षेत्रमा रहेका उनीहरूको अवस्थाबारे जानकारी प्राप्त हुन नसकेपछि खोज तथा उद्धारका लागि सम्बन्धित प्रशासनलाई आग्रह गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले विभिन्न माध्यमबाट प्राप्त सूचनाका आधारमा सम्पर्कविहीन व्यक्तिहरूको विवरण संकलन गरी सार्वजनिक गरेको हो ।
कार्यालयका अनुसार सम्पर्कविहीन रहेका २२४ जनाको खोजी तथा उद्धारका लागि रसुवा र नुवाकोटका जिल्ला प्रशासन कार्यालयसँग आवश्यक समन्वय गर्न आग्रह गरिएको छ । बाढी प्रभावित क्षेत्रमा उनीहरू रहेको हुन सक्ने भएकाले सम्बन्धित निकायमार्फत खोजी कार्य अघि बढाउन अनुरोध गरिएको हो ।
सार्वजनिक विवरणअनुसार सम्पर्कविहीन हुनेमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाका बासिन्दाको संख्या सबैभन्दा बढी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
सम्पर्कविहीन व्यक्तिको अवस्थाबारे थप विवरण प्राप्त गर्ने तथा खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन सम्बन्धित प्रशासनिक निकायबीच समन्वय भइरहेको छ ।
काठमाडौं : भारतले बाढी तथा पहिरो प्रभावित नेपालका नागरिकका लागि दोस्रो खेपमा ३७.५ टन मानवीय सहायता तथा विपद् राहत सामग्री,...
काठमाडौँ : चीनको तिब्बत हुँदै रसुवाको भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाउनेको संख्या ३५९ पुगेको छ । नेपाल प्रहरीले दिएको...
काठमाडौं : सर्वोच्च अदालतले नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेको रिटमा अन्तरकालीन आदेश...