भोटेकोशी बाढी : हालसम्म १५७ जनाको शव फेला – Naya Bikalpa
August 27, 2026, Thursday      Epaper

भोटेकोशी बाढी : हालसम्म १५७ जनाको शव फेला


काठमाडौं : रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण हालसम्म १५७ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारीअनुसार हालसम्म ३४ महिला, ६३ पुरुष, ६ जना बालिका, ७ जना बालक र ४७ जनाको पहिचान खुल्न सकेको छैन ।

प्रहरीका अनुसार रसुवामा तीन पुरुषको शव भेटिएको छ । साथै, नुवाकोटमा ६ महिला र ७ पुरुष, धादिङमा १० महिला, १० पुरुष, १ बालिका तथा ६ जना (पहिचान नखुलेको) को शव भेटिएको छ । गोरखामा २ महिला, ८ पुरुष, १ बालक र पहिचान नखुलेका ८ जनाको शव भेटिएको छ ।

प्रहरीका अनुसार चितवनमा १३ महिला, १८ पुरुष, १ बालिका, ४ बालक र पहिचान नखुलेका २८ जनाको शव भेटिएको छ । त्यसैगरी, तनहुँमा १ महिला, ५ पुरुष, १ बालिका, १ बालक र पहिचान नखुलेका १ जनाको शव भेटिएको छ ।

यस्तै, नवलपरासी पूर्वमा २ महिला, १२ पुरुष, ३ बालिका, १ बालक र पहिचान नखुलेका ४ जनाको शव भेटिएको छ ।

सम्बन्धित समाचार

भारतले दोस्रो खेपमा ३७.५ टन राहत सामग्री पठायो
भारतले दोस्रो खेपमा ३७.५ टन राहत सामग्री पठायो
  • २०८३ भाद्र ११, ०७: ३६

काठमाडौं : भारतले बाढी तथा पहिरो प्रभावित नेपालका नागरिकका लागि दोस्रो खेपमा ३७.५ टन मानवीय सहायता तथा विपद् राहत सामग्री,...

रसुवा बाढी : ३५९ जनाको शव फेला
रसुवा बाढी : ३५९ जनाको शव फेला
  • २०८३ भाद्र ११, ०७: ३६

काठमाडौँ : चीनको तिब्बत हुँदै रसुवाको भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाउनेको संख्या ३५९ पुगेको छ । नेपाल प्रहरीले दिएको...

चुनदेवी कांग्रेसलाई अर्को झड्का : सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
चुनदेवी कांग्रेसलाई अर्को झड्का : सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
  • २०८३ भाद्र ११, ०७: ३६

काठमाडौं : सर्वोच्च अदालतले नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेको रिटमा अन्तरकालीन आदेश...