
काठमाडौं : सर्वोच्च अदालतले नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेको रिटमा अन्तरकालीन आदेश जारी गर्न अस्वीकार गरेको छ ।
बिहीबार सर्वोच्च अदालतको पूर्ण इजलासले देउवा र खड्काले दायर गरेको निवेदनमा सुनुवाइ गर्दै कांग्रेसकोमहाधिवेशन रोक्न अस्वीकार गरेको हो ।
न्यायाधीशहरू डा. नहकुल सुवेदी, महेश शर्मा पौडेल र मेघराज पोखरेलको पूर्ण इजलासले उक्त आदेश जारी गरेको हो ।
निर्वाचन आयोगलाई विपक्षी बनाई दायर गरिएको सो मुद्दामा निवेदकहरूले अन्तरकालीन आदेशको माग गरेका थिए । उनीहरूले कांग्रेसको महाधिवेशनसँग सम्बन्धित गतिविधि रोक्न माग गरेका थिए ।


काठमाडौं : एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पुर्यो । कतिपय बाढीमा...
काठमाडौं : प्रदर्शनका क्रममा रहेको चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर काठमाडौंस्थित भारतीय दूतावासमा प्रदर्शन भएको छ । चलचित्रको कथासँग प्रत्यक्ष...
काठमाडौं । रसुवामा आएको भोटेकोशी बाढीबाट भएको क्षति तथा आवश्यक स्रोत पहिचानका लागि गठित र्यापिड ड्यामेज एन्ड निड एसेसमेन्ट (आरडीएनए)...