बाढी स्याफ्रुबेसी आइपुग्यो – Naya Bikalpa
August 29, 2026, Saturday      Epaper

बाढी स्याफ्रुबेसी आइपुग्यो

काठमाडौं : चीनतर्फको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम क्षेत्रमा बनेको ठूलो ताल फुटेपछि उत्पन्न बाढी रसुवाको स्याफ्रुबेसीसम्म आइपुगेको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो १२ बजेर ३१ मिनेटमा भोटेकोशी नदीमा आएको बाढी स्याफ्रुबेसी पुगेको हो । महाशाखाले नदीमा पानीको बहाव अझै बढ्दो क्रममा रहेको जनाएको छ ।

यससँगै त्रिशूली नदीको तटीय क्षेत्र—मुग्लिनसम्म—बसोबास गर्ने सर्वसाधारणलाई अर्को सूचना जारी नभएसम्म उच्च सतर्कता अपनाउँदै सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ ।

महाशाखाले जारी गरेको सूचनामा भोटेकोशी क्षेत्रमा बाढीको जोखिम अझै कायम रहेकाले सतर्क रहनुपर्ने उल्लेख छ ।

यसैबीच, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि भोटेकोशी नदी क्षेत्रमा पुनः लेदोसहितको बाढी आउने जोखिम बढेको जनाएको छ ।

माथिल्लो क्षेत्रमा लेदोको मात्रा बढिरहेकाले थप बाढी आउन सक्ने सम्भावना कायमै रहेको प्राधिकरणले चेतावनी दिएको छ।

सम्बन्धित समाचार

यी स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना
यी स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना
  • २०८३ भाद्र १२, १२: ५७

काठमाडौं : देशभर आज मौसममा बदली रहने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ भने...

आज गाईजात्रा पर्व मनाइँदै
आज गाईजात्रा पर्व मनाइँदै
  • २०८३ भाद्र १२, १२: ५७

काठमाडौं : प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज मनाइँदै छ। एक वर्षभित्र...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश
रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश
  • २०८३ भाद्र १२, १२: ५७

काठमाडौं : नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित अक्टागनमा भएको खेलमा न्युजिल्यान्डका...