भोटेकोशी बाढी : ४६९ जनाको शव फेला, १५४५ को उद्धार – Naya Bikalpa
August 28, 2026, Friday      Epaper

भोटेकोशी बाढी : ४६९ जनाको शव फेला, १५४५ को उद्धार

काठमाडौं : रसुवा बाढीमा परी आज बिहानसम्म मृत्यु हुनेको संख्या ४६९ पुगेको छ ।

नेपाल प्रहरीका अनुसार हालसम्म रसुवामा १२, नुवाकोटमा ३७, धादिङमा ३३, गोरखामा ४४, तनहुँमा २८, चितवनमा १७८, नवलपरासी पूर्वमा ११० र नवलपरासी पश्चिममा २७ जनाको शव फेला परेको छ । प्रहरीका अनुसार चितवनमाा आज बिहानदेखि शवको खनाखत कार्य सुरु भएको छ भने रसुवामा पनि आजैदेखि बेपत्ता र शव खोजी गरिनेछ ।

हालसम्म रसुवामा ६४४, नुवाकोटमा ८९८ र धादिङ तीन जना गरी एक हजार ५४५ जनाको उद्धार गरिएको नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेले जानकारी दिनुभयो । हाल काठमाडौं उपत्यकाका विभिन्न अस्पताललमा ६० घाइतेको उपचार भइरहेको छ । त्रिवि शिक्षण अस्पतालमा ३१, ट्रमा सेन्टरमा २०, वीर अस्पतालमा दुई, वीरेन्द्र सैनिक अस्पतालमा एक, नर्भिक अस्पतालमा एक, मनमोहन अस्पतालमा दुई, बिएण्डबी अस्पतालमा दुई र ग्राण्डी अस्पतालमा एक जनाको उपचार भइरहेको छ ।

बाढीमा परी हालसम्म नेपाली सेनाका ४४, नेपाल प्रहरीका २८, सशस्त्र  प्रहरी बल, नेपालका १३, भन्सार कार्यालय टिमुरेका १५ र अध्यागमन कार्यालय टिमुरेका चार कर्मचारी सम्पर्कविहीन छन् । हालसम्म सर्वसाधारणसहित दुई हजार ३८१ जना रसुवा बाढीपछि सम्पर्कविहीन रहेका प्रहरीले जनाएको छ । सम्पर्क हुन नसकेका मध्येमा भारतका १७८ सहित ६४४ विदेशी नागरिक रहेका छन् । यसैगरी विदेशमा रही नेपाल घुम्न आएका १२७ नेपाली नागरिक पनि सम्पर्कविहीन छन् ।

साथै, अमेरिकाका ६५, युक्रेनका ५३, मलेसियाका ५१, अष्ट्रेलियाका ३५, बेलायतका ३३, क्यानडाका २५, सिङ्गापुरका नौ, जर्मनीका आठ, रसियाका आठ, दक्षिण अफ्रिकाका छ, लाटभियाका छ, जापानका पाँच, न्युजिल्याण्डका पाँच, फ्रान्सका चार, बेल्जियमका तीन र स्पेनका तीन नागरिक सम्पर्कविहीन छन् ।

प्रहरीका अनुसार काजकिस्तान, पोर्चुगल, आयरल्याण्ड, इटली र नेदरल्याण्डका दुई-दुई तथा स्वीडेन, हङ्गेरी, सर्विया, स्वीटजरल्याण्ड, इजरायल, फिलिपिन्स, फिनल्याण्ड, बेलारुस, लिथुवानिया र बुल्गेरियाका एक-एक नागरिक पनि सम्पर्र्कविहीन छन् ।

हालसम्म प्राप्त विवरणअनुसार सम्पर्कविहीन भएका एक हजार ७३७ (रसुवाबाहेक) नेपाली नागरिकमा कोशी प्रदेशका १३२, मधेस प्रदेशका १२८, बागमती प्रदेशका ८२६ (रसुवाबाहेक), गण्डकी प्रदेशका १२६, लुम्बिनी प्रदेशका १८८, कर्णाली प्रदेशका २०८ र सुदूरपश्चिम प्रदेशका १२९ जना सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

बाढीपीडितको उद्धार र राहतमा लागौं, आन्तरिक विवादमा अल्झिएर समय खेर नफालौं : उपसभापति शर्मा
बाढीपीडितको उद्धार र राहतमा लागौं, आन्तरिक विवादमा अल्झिएर समय खेर नफालौं : उपसभापति शर्मा
  • २०८३ भाद्र १२, ११: ४७

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले भिडियो सन्देशमार्फत रसुवामा आएको बाढीले सिर्जित विपत्तिप्रति गहिरो दुःख व्यक्त गर्दै अहिलेको पहिलो...

तिब्बततर्फ ड्याम फुटेको सूचना, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
तिब्बततर्फ ड्याम फुटेको सूचना, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
  • २०८३ भाद्र १२, ११: ४७

काठमाडौं : तिब्बत क्षेत्रमा पुनः पानीको ड्याम फुटेको सूचना आएपछि नेपालका सुरक्षा निकायले तटीय बस्तीका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह...

चन्द्रागिरिका मेयर गिरीले दक्षिण कोरियामा स्थानीय विकास मोडेलको बारेमा प्रशिक्षण दिँदै
चन्द्रागिरिका मेयर गिरीले दक्षिण कोरियामा स्थानीय विकास मोडेलको बारेमा प्रशिक्षण दिँदै
  • २०८३ भाद्र १२, ११: ४७

काठमाडौं : चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीले दक्षिण कोरियामा आयोजित अन्तर्राष्ट्रिय प्रशिक्षण कार्यक्रममा स्थानीय विकास मोडेलबारे प्रस्तुति दिएका छन् ।...