चन्द्रागिरिका मेयर गिरीले दक्षिण कोरियामा स्थानीय विकास मोडेलको बारेमा प्रशिक्षण दिँदै – Naya Bikalpa
September 6, 2026, Sunday      Epaper

चन्द्रागिरिका मेयर गिरीले दक्षिण कोरियामा स्थानीय विकास मोडेलको बारेमा प्रशिक्षण दिँदै

काठमाडौं : चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीले दक्षिण कोरियामा आयोजित अन्तर्राष्ट्रिय प्रशिक्षण कार्यक्रममा स्थानीय विकास मोडेलबारे प्रस्तुति दिएका छन् ।

१८ अगस्टदेखि सञ्चालन भइरहेको ‘एसियाली सहरहरूमा सहरी लचिलोपनका लागि आवास–केन्द्रित दृष्टिकोण’ विषयक प्रशिक्षण कार्यक्रममा सहभागी हुँदै उनले चन्द्रागिरिमा कार्यान्वयन गरिएका विकासका अभ्यास र अनुभवहरू प्रस्तुत गरेका हुन् ।

May be an image of studying, newsroom and text that says ":一回 Housing HousingattheCentreApproch the Centre Approach for Urban Resilience in A an Cities Diguat15/2 Pouble"

अन्तर्राष्ट्रिय सहरी प्रशिक्षण केन्द्रद्वारा सञ्चालन गरिएको उक्त कार्यक्रममा नेपालसहित कम्बोडिया, फिजी, भारत, इन्डोनेसिया, मंगोलिया, म्यानमार, श्रीलंका र भियतनामका प्रतिनिधिहरू सहभागी छन्। नेपालबाट मेयर गिरी एक्ला जनप्रतिनिधिको रूपमा सहभागी भएका छन् ।

दुई कार्यकालसम्म चन्द्रागिरि नगरपालिकाको नेतृत्व सम्हाल्दै आएका गिरी स्थानीय तहको विकास मोडेलका विषयमा अन्तर्राष्ट्रिय स्तरमा समेत परिचित मानिन्छन् । सोही कारण विभिन्न मुलुकहरूले आफ्नै खर्चमा उनलाई यस्ता कार्यक्रममा आमन्त्रण गर्ने गरेका छन् ।

May be an image of one or more people, dais and text that says "IUTC-LUNHobitroitTtingCourse2 Habitat Joint Training Course 2026 Housing at the Centre Approach for U Urdan an Res nce in Asian Cities 정 er"

May be an image of one or more people and text

May be an image of dais, newsroom and text

May be an image of studying and text

सम्बन्धित समाचार

बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि…
बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि…
  • २०८३ भाद्र १२, ११: ५२

काठमाडौं : एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पुर्‍यो । कतिपय बाढीमा...

भारतीय दूतावासमा चलचित्र ‘पेन्सन पट्टा’को ट्रेलर प्रदर्शन
भारतीय दूतावासमा चलचित्र ‘पेन्सन पट्टा’को ट्रेलर प्रदर्शन
  • २०८३ भाद्र १२, ११: ५२

काठमाडौं : प्रदर्शनका क्रममा रहेको चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर काठमाडौंस्थित भारतीय दूतावासमा प्रदर्शन भएको छ । चलचित्रको कथासँग प्रत्यक्ष...

३२ हजारभन्दा बढी प्रत्यक्ष प्रभावित, ५५ किलोमिटर सडक र १०५ वटा पुलमा क्षति
३२ हजारभन्दा बढी प्रत्यक्ष प्रभावित, ५५ किलोमिटर सडक र १०५ वटा पुलमा क्षति
  • २०८३ भाद्र १२, ११: ५२

काठमाडौं । रसुवामा आएको भोटेकोशी बाढीबाट भएको क्षति तथा आवश्यक स्रोत पहिचानका लागि गठित र्‍यापिड ड्यामेज एन्ड निड एसेसमेन्ट (आरडीएनए)...