कृष्णभीर सडक अवरुद्ध भएपछि बाइरोडबाट पेट्रोलियम र ग्यास आपूर्ति – Naya Bikalpa
September 3, 2026, Thursday      Epaper

कृष्णभीर सडक अवरुद्ध भएपछि बाइरोडबाट पेट्रोलियम र ग्यास आपूर्ति

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर खण्ड अवरुद्ध भएपछि नेपाल आयल निगमले त्रिभुवन राजपथ (बाइरोड) को वैकल्पिक मार्ग प्रयोग गरी काठमाडौं उपत्यका तथा आसपासका जिल्लामा पेट्रोलियम पदार्थ र एलपी ग्यासको आपूर्ति व्यवस्था मिलाएको छ।

गत भदौ १४ गते त्रिशूली नदीको कटानका कारण कृष्णभीर खण्डमा सडक भासिएपछि पेट्रोलियम पदार्थ बोकेका ट्याङ्कर तथा एलपी ग्यास बुलेटको आवतजावत रोकिएको थियो। त्यसपछि निगमले वैकल्पिक मार्गमार्फत आपूर्ति व्यवस्थापन थालेको हो।

एलपी ग्यास उद्योगहरूले तराईका डिपोबाट सिलिन्डर भरेर बाइरोड हुँदै काठमाडौं ल्याइरहेका छन्। निगमका अनुसार बिहीबार मात्रै विभिन्न ब्रान्डका करिब २४ हजार ५ सय ग्यास सिलिन्डर काठमाडौं उपत्यकामा भित्र्याइएको छ। भोलिदेखि आपूर्ति थप परिमाणमा नियमित गरिने निगमले जनाएको छ।

यसअघि भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायतका जिल्लामा उद्धार तथा राहत कार्य प्रभावित भएपछि निगमले ती क्षेत्रमा इन्धन आपूर्तिलाई निरन्तरता दिँदै आएको छ।

खोज तथा उद्धार कार्यमा खटिएका हेलिकप्टरका लागि आवश्यक हवाई इन्धन व्यवस्थापन गर्न नेपाली सेनासँगको समन्वयमा नुवाकोटस्थित सेनाको ब्यारेकबाट रिफ्युलिङ सेवा सञ्चालन गरिएको निगमले जनाएको छ। भदौ १० गतेदेखि हालसम्म १ लाख २ हजार लिटर हवाई इन्धन रिफ्युलिङका लागि पठाइसकिएको र सेवा नियमित रूपमा सञ्चालन भइरहेको निगमको भनाइ छ।

त्यस्तै, निगमको थानकोटस्थित बागमती प्रादेशिक कार्यालयमार्फत बाढी प्रभावित क्षेत्रमा सञ्चालनमा रहेका पेट्रोल पम्पहरूलाई हालसम्म १ लाख ५ हजार लिटर पेट्रोल र २ लाख २ हजार लिटर डिजेल उपलब्ध गराइएको छ। सार्वजनिक बिदाका दिनमा समेत मागअनुसार इन्धन बिक्री–वितरणको व्यवस्था मिलाइएको निगमले जनाएको छ।

बाढी प्रभावित क्षेत्रमा रहेका विभिन्न सेल्टरका नागरिकका लागि नेपाल एलपी ग्यास उद्योग संघबाट प्राप्त १ हजार २५० सिलिन्डरमध्ये ५०० थान रसुवा र नुवाकोट पठाइसकिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा ती सिलिन्डर पठाइएको निगमले जनाएको छ।

सम्बन्धित समाचार

भारतीय प्राविधिक टोली चिलिमेको सुरुङमा १०० मिटरभित्र पुग्यो
भारतीय प्राविधिक टोली चिलिमेको सुरुङमा १०० मिटरभित्र पुग्यो
  • २०८३ भाद्र १८, १९: २२

काठमाडौं : रसुवाको स्याफ्रुबेसीस्थित चिलिमे पावर हाउसको सुरुङमा फसेकाहरूको उद्धारका लागि खटिएको संयुक्त नेपाली–भारतीय प्राविधिक टोली सुरुङभित्र करिब १०० मिटर...

भदौ २२ गते राष्ट्रिय शोक दिवस मनाउने सरकारकाे निर्णय
भदौ २२ गते राष्ट्रिय शोक दिवस मनाउने सरकारकाे निर्णय
  • २०८३ भाद्र १८, १९: २२

काठमाडौं : सरकारले भदौ २२ गते रसुवा बाढीमा ज्यान गुमाएकाको सम्मानमा राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरेको छ । बिहीबार बसेको...

बाढीपीडित पुनर्स्थापनाका लागि नेपाली कांग्रेसका बागमती प्रदेश सभा सदस्य रमेशकुमार महतको संयोजकत्वमा बन्यो समन्वय समिति
बाढीपीडित पुनर्स्थापनाका लागि नेपाली कांग्रेसका बागमती प्रदेश सभा सदस्य रमेशकुमार महतको संयोजकत्वमा बन्यो समन्वय समिति
  • २०८३ भाद्र १८, १९: २२

काठमाडौं : भोटेकोशीमा गएको भीषण बाढी तथा प्राकृतिक विपद्को असरबारे छलफल गर्न आज बेलुका भोटेकोशी प्राकृतिक विपद् व्यवस्थापन समन्वय समितिको...