
काठमाडौं : भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) मनाइँदै छ।
आइतबारदेखि सुरू भएको तीजको मुख्य दिन आज व्रत बसेर मनाइँदैछ।
भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ।
तीजको दिन पशुपति लगायत विभिन्न शिवालयमा भक्तजनहरूको भिड लाग्छ।
दर्शनार्थीलाई सहज होस् भनेर पशुपतिनाथ मन्दिरको चारवटै ढोका खुला गरिएको छ।
पहिलो लाम मित्रपार्क–उमाकुण्ड–दक्षिणामूर्ति–कैलाश बद्रीनरसिंहको भवन हुँदै वासुकीनाथको उत्तरतर्फको ढोकाबाट श्री पशुपतिनाथ मन्दिरको उत्तरतर्फको र्याम्पबाट आराध्यदेव भगवान्को दर्शन गराई पश्चिम ढोकाबाट बाहिर निस्कने प्रबन्ध मिलाइएको छ।
दोस्रो लाम जयवागेश्वरीबाट देब्रेतर्फको मार्ग दथुटोल, पाचा गणेश, अन्नपूर्णभण्डार, महास्नानघरअघिको १ नं ढोकाअघि राखिएको आकासे पुलबाट भुवनेश्वरी, नासलचोक हुँदै शङ्कराचार्य मठअघिको आकासेपुल प्रहरी पहरा गणको सानो ढोकाबाट दुई लाइन पशुपतिको पश्चिमतर्फ रहेको काठको ¥याम्पबाट दर्शन गराई पश्चिम ढोकाबाट बाहिर निस्कने प्रबन्ध मिलाइएको पशुपति क्षेत्र विकास कोषका सञ्चालक परिषद् सदस्य एवं प्रचारप्रसार उपसमिति संयोजक सङ्गीताकुमारी रामले जानकारी दिइन्।
यसैगरी, तेस्रो लाम सिनामङ्गल, एयरपोर्टतर्फबाट आउने दर्शनार्थी भक्तजनका लागि तिलगङ्गा पर्यटन काउन्टरसँगै रहेको ढोका, राममन्दिर, वाग्मती किनारा हुँदै आर्यघाटको पुलबाट ब्रह्मनाल, पूर्वढोकामा राखिएको र्याम्पबाट पूर्व मुहारको दर्शन गराई सोही ढोकाबाट फर्कने प्रबन्ध मिलाइएको उनले बताइन्।
पिङ्गलास्थानतर्फबाट जाने दर्शनार्थी भक्तजनका लागि पिङ्गलास्थानमा रहेको ढोका हुँदै चार शिवालय–पञ्चदेवल वृद्धाश्रम दक्षिणतर्फको ठूला ढोका अघि अस्थायी आकासे पुल हुँदै सानो ढोकाबाट चौँसट्ठी कोटीलिङ्गेश्वर हुँदै मन्दिरको दक्षिण मुहारको दर्शनपश्चात् उन्मत्त भैरव मन्दिरको पश्चिमतर्फबाट मूलभट्ट निवासअघिबाट फर्कने प्रबन्ध मिलाइएको छ।
यसअनुसारको दर्शन व्यवस्था मिलाउँदा मन्दिर बाहिर ५ वटा लाइन रहने छन्। मन्दिर परिसर प्रवेश गरिसकेपछि आठ वटा लाइनमा विभाजन हुने पनि कोषले जनाएको छ।
एकपटकमा आठ जना भक्तजनले दर्शन गर्नसक्ने गरी मूल मन्दिर परिसरमा व्यवस्था मिलाइएको छ।
काठमाडौँ । आज भाद्र शुक्ल तृतीया अर्थात् हरितालिका तिज पर्व। हिन्दु धर्मावलम्बी महिलाहरूले आज महादेवको पूजा–आराधना तथा व्रत बसेर तिज...
काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
काठमाडौं : नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनमा स्वदेश तथा विदेशमा रहेका सबै क्रियाशील सदस्य, समर्थक र शुभेच्छुकलाई उत्साहपूर्वक सहभागी हुन...