
काठमाडौं : नेपाली कांग्रेसले १५औं महाधिवेशनको तयारीलाई तीव्र बनाउँदै देशभरका लागि निर्वाचन अधिकृत खटाउने प्रक्रिया अघि बढाएको छ।
पार्टीको केन्द्रीय निर्वाचन समितिको आयोजनामा ७७ वटै जिल्लाका निर्वाचन अधिकृतलाई नियुक्तिपत्र पठाउने कार्य सम्पन्न भएको छ। साथै, काठमाडौं उपत्यकाका सबै क्षेत्रमा खटिने महिला निर्वाचन अधिकृतलाई समेत नियुक्तिपत्र प्रदान गरी सम्बन्धित क्षेत्रमा परिचालन गरिएको छ।

सानेपास्थित केन्द्रीय कार्यालयमा सम्पन्न कार्यक्रममा जिल्ला सभापति तथा क्षेत्रीय सभापतिहरूको उपस्थितिमा अधिकृतहरूलाई जिम्मेवारी दिइएको हो।
केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार असोज ३ र ४ गते गाउँ तथा नगर वडा अधिवेशन हुनेछ। स्थानीय परिस्थितिअनुसार तोकिएको समयभित्र वडा अधिवेशन सम्पन्न गर्न सकिने समितिले जनाएको छ।

त्यसैगरी, असोज ७ गते गाउँ तथा नगर अधिवेशन, असोज १० गते प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन हुने तय गरिएको छ।
नेपाली कांग्रेसले असोज १६ देखि १९ गतेसम्म १५औँ केन्द्रीय महाधिवेशन आयोजना गर्ने यसअघि नै निर्णय गरिसकेको छ।

काठमाडौं : त्रिभुवन विश्वविद्यालय(त्रिवि) को वार्षिक बजेट वृद्धि भएको छ । गत वर्षको तुलनामा ९.७७ प्रतिशतले वृद्धि भएको हो ।...
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि बिहीबार हुने भनिएको मतदान स्थगित भएको छ । मतदानका लागि...
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेजनारायण यादवसहित ७ जनाविरुद्ध...