कांग्रेस महाधिवेशन : ७७ वटै जिल्लाका निर्वाचन अधिकृतलाई नियुक्तिपत्र दिएर खटाइयो – Naya Bikalpa
September 13, 2026, Sunday      Epaper

कांग्रेस महाधिवेशन : ७७ वटै जिल्लाका निर्वाचन अधिकृतलाई नियुक्तिपत्र दिएर खटाइयो

काठमाडौं : नेपाली कांग्रेसले १५औं महाधिवेशनको तयारीलाई तीव्र बनाउँदै देशभरका लागि निर्वाचन अधिकृत खटाउने प्रक्रिया अघि बढाएको छ।

पार्टीको केन्द्रीय निर्वाचन समितिको आयोजनामा ७७ वटै जिल्लाका निर्वाचन अधिकृतलाई नियुक्तिपत्र पठाउने कार्य सम्पन्न भएको छ। साथै, काठमाडौं उपत्यकाका सबै क्षेत्रमा खटिने महिला निर्वाचन अधिकृतलाई समेत नियुक्तिपत्र प्रदान गरी सम्बन्धित क्षेत्रमा परिचालन गरिएको छ।

सानेपास्थित केन्द्रीय कार्यालयमा सम्पन्न कार्यक्रममा जिल्ला सभापति तथा क्षेत्रीय सभापतिहरूको उपस्थितिमा अधिकृतहरूलाई जिम्मेवारी दिइएको हो।

केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार असोज ३ र ४ गते गाउँ तथा नगर वडा अधिवेशन हुनेछ। स्थानीय परिस्थितिअनुसार तोकिएको समयभित्र वडा अधिवेशन सम्पन्न गर्न सकिने समितिले जनाएको छ।

त्यसैगरी, असोज ७ गते गाउँ तथा नगर अधिवेशन, असोज १० गते प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन हुने तय गरिएको छ।

नेपाली कांग्रेसले असोज १६ देखि १९ गतेसम्म १५औँ केन्द्रीय महाधिवेशन आयोजना गर्ने यसअघि नै निर्णय गरिसकेको छ।

सम्बन्धित समाचार

भोटेकोशी बाढी : १८ विद्यालयमा क्षति
भोटेकोशी बाढी : १८ विद्यालयमा क्षति
  • २०८३ भाद्र २७, १९: ३१

काठमाडौं : भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट र धादिङका १८ वटा विद्यालय प्रभावित भएका छन् । तीमध्ये ११ वटा पूर्ण रुपमा क्षतिग्रस्त...

रसुवा बाढी प्रभावित १५ स्थानीय तहका परिवारलाई मासिक १५ हजारसम्म राहत
रसुवा बाढी प्रभावित १५ स्थानीय तहका परिवारलाई मासिक १५ हजारसम्म राहत
  • २०८३ भाद्र २७, १९: ३१

काठमाडौँ ।  रसुवा बाढीका कारण विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएका रसुवा, नुवाकोट, धादिङ, तनहुँ र गोरखाका १५ स्थानीय तहका प्रभावित...

आज दर खाएर सुरु हुँदैछ हरितालिका तीज
आज दर खाएर सुरु हुँदैछ हरितालिका तीज
  • २०८३ भाद्र २७, १९: ३१

काठमाडौं । हिन्दू नारीहरूको प्रमुख पर्व हरितालिका (तीज) आज दर खाएसँगै औपचारिक रूपमा सुरु हुँदैछ। भाद्र शुक्ल द्वितीयाका दिन आज...