यी स्थानमा भारी वर्षाको सम्भावना – Naya Bikalpa
September 13, 2026, Sunday      Epaper

यी स्थानमा भारी वर्षाको सम्भावना


काठमाडौं : देशभर आज मौसम सामान्यतया बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो हिमाली र पहाडी भू-भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानमा तथा मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू-भागका थोरै स्थानमा पनि मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान छ ।

दिउँसो कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू-भागका साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति पनि देशभर सामान्यतया बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।

यस्तै, राति देशका पहाडी तथा तराई भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ । कोशी प्रदेशको तराई भू-भागका एक–दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले वर्षा र चट्याङको सम्भावना भएका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

सम्बन्धित समाचार

भोटेकोशी बाढी : १८ विद्यालयमा क्षति
भोटेकोशी बाढी : १८ विद्यालयमा क्षति
  • २०८३ भाद्र २८, ०७: ३४

काठमाडौं : भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट र धादिङका १८ वटा विद्यालय प्रभावित भएका छन् । तीमध्ये ११ वटा पूर्ण रुपमा क्षतिग्रस्त...

रसुवा बाढी प्रभावित १५ स्थानीय तहका परिवारलाई मासिक १५ हजारसम्म राहत
रसुवा बाढी प्रभावित १५ स्थानीय तहका परिवारलाई मासिक १५ हजारसम्म राहत
  • २०८३ भाद्र २८, ०७: ३४

काठमाडौँ ।  रसुवा बाढीका कारण विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएका रसुवा, नुवाकोट, धादिङ, तनहुँ र गोरखाका १५ स्थानीय तहका प्रभावित...

आज दर खाएर सुरु हुँदैछ हरितालिका तीज
आज दर खाएर सुरु हुँदैछ हरितालिका तीज
  • २०८३ भाद्र २८, ०७: ३४

काठमाडौं । हिन्दू नारीहरूको प्रमुख पर्व हरितालिका (तीज) आज दर खाएसँगै औपचारिक रूपमा सुरु हुँदैछ। भाद्र शुक्ल द्वितीयाका दिन आज...