थुनुवा र कैदीबन्दीको मानव अधिकारसम्बन्धी प्रतिवेदन परिमार्जनसहित पारित – Naya Bikalpa
September 30, 2026, Wednesday      Epaper

थुनुवा र कैदीबन्दीको मानव अधिकारसम्बन्धी प्रतिवेदन परिमार्जनसहित पारित

काठमाडौं : प्रतिनिधिसभा, कानुन, न्याय तथा मानव अधिकार समितिले विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीको मानव अधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदन, २०८३ पारित गरेको छ ।

समितिको आजको बैठकले उक्त प्रतिवेदन सदस्यबाट प्राप्त राय–सुझावलाई समेटेर परिमार्जनसहित बहुमतले पारित गरेको हो । बैठकले उक्त प्रतिवेदन संसद्मा पेस गर्ने निर्णय गरेको छ ।

त्यसअघि बैठकमा उक्त प्रतिवेदनमाथि सामान्य छलफल भएको थियो । छलफलमा सदस्य बलातवी शर्मा, मोहनलाल आचार्य, सरस्वती लामा, मनिष खनाल, प्रकाशचन्द्र परियार, साजिदा खातुन सिद्धिकी, स्मृति सेन्चुरी, नीनुकुमारी कर्ण, खिमा विक र अफ्साना बानुले भाग लिए ।

बैठकले बालसुधार गृहमा रहेका बालबालिकाको मानव अधिकार अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदन पनि संसद् बैठकमा पेस गर्ने निर्णय गरेको समितिका सचिव रामहरि थापाले जानकारी दिए ।

गत जेठ ८ गतेको समितिको बैठकले पाँच/पाँच सदस्यीय ‘बाल सुधार गृहमा रहेका बालबालिकाहरूको मानवअधिकारको अवस्थासम्बन्धी अध्ययन उपसमिति’ र ‘विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीको मानव अधिकारको अवस्थासम्बन्धी अध्ययन उपसमिति’ गठन गरेको थियो ।

सम्बन्धित समाचार

१७ जना सहसचिवको सरुवा तथा कामकाजको व्यवस्थापन
१७ जना सहसचिवको सरुवा तथा कामकाजको व्यवस्थापन
  • २०८३ आश्विन १४, १४: ४८

काठमाडौं : सरकारले प्रशासन सेवातर्फका १७ जना सहसचिवको सरुवा गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय, आयोग, बोर्ड तथा...

नेपाली जनसम्पर्क समिति क्यानडाद्वारा चैाथो अधिवेशनबाट निर्वाचित कार्यसमिति तथा महाअधिवेशन प्रतिनिधिको प्रतिवेदन हस्तान्तरण
नेपाली जनसम्पर्क समिति क्यानडाद्वारा चैाथो अधिवेशनबाट निर्वाचित कार्यसमिति तथा महाअधिवेशन प्रतिनिधिको प्रतिवेदन हस्तान्तरण
  • २०८३ आश्विन १४, १४: ४८

काठमाडौं : नेपाली जनसम्पर्क समिति क्यानडाले चैाथो अधिवेशनबाट निर्वाचित कार्यसमिति तथा महाअधिवेशन प्रतिनिधिको प्रतिवेदन हस्तान्तरण गरेको छ। नेपाली कांग्रेसका केन्द्रीय...

कांग्रेस महाधिवेशन : ४९ जिल्लामा क्षेत्रीय अधिवेशन असोज १४ गते र २३ जिल्लामा १५ गते सम्पन्न हुने
कांग्रेस महाधिवेशन : ४९ जिल्लामा क्षेत्रीय अधिवेशन असोज १४ गते र २३ जिल्लामा १५ गते सम्पन्न हुने
  • २०८३ आश्विन १४, १४: ४८

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन जारी रहेको छ । क्षेत्रीय अधिवेशन सम्पन्न गरी महाधिवेशन प्रतिनिधिको नामावली...