कांग्रेस महाधिवेशन : ४९ जिल्लामा क्षेत्रीय अधिवेशन असोज १४ गते र २३ जिल्लामा १५ गते सम्पन्न हुने – Naya Bikalpa
October 8, 2026, Thursday      Epaper

कांग्रेस महाधिवेशन : ४९ जिल्लामा क्षेत्रीय अधिवेशन असोज १४ गते र २३ जिल्लामा १५ गते सम्पन्न हुने

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन जारी रहेको छ ।

क्षेत्रीय अधिवेशन सम्पन्न गरी महाधिवेशन प्रतिनिधिको नामावली पठाउने अन्तिम मिति असोज १३ गते तोकिएको थियो । तर महाधिवेशनको मिति दुई दिन सरेसँगै क्षेत्रीय प्रतिनिधिको नामावली पठाउने समय असोज १५ गतेसम्म थप गरिएको छ ।

४९ जिल्लामा क्षेत्रीय अधिवेशन असोज १४ गते सम्पन्न हुने कांग्रेसले जनाएको छ । ताप्लेजुङ, पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, सोलुखुम्बु, ओखलढुंगा, उदयपुर, दोलखा, रामेछाप, सिन्धुली, चितवन, मकवानपुर, ललितपुर, गोरखा, लमजुङ, तनहुँ, मनाङ, मुस्ताङ, बागलुङ, नवलपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तु, पाल्पा, गुल्मी, रुकुम पूर्व, रोल्पा, प्युठान, दाङ, बाँके, रुकुम पश्चिम, सल्यान, जाजरकोट, कालिकोट, डोल्पा, मुगु, हुम्ला, बझाङ, डोटी, अछाम, दार्चुला, बैतडी, डडेल्धुरा, कञ्चनपुर र कैलालीमा असोज १४ गते अधिवेशन सम्पन्न हुने कांग्रेसले बताएको छ ।

यस्तै २३ जिल्लामा १५ गते निर्वाचन सम्पन्न हुने कांग्रेसले जनाएको छ । १५ गते निर्वाचन सम्पन्न हुने जिल्लामा मोरङ, सुनसरी, खोटाङ, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, रसुवा, धादिङ, काभ्रे, नुवाकोट, भक्तपुर, काठमडौं (क्षेत्र नं. ९), पर्वत, कास्की, स्याङ्जा, म्याग्दी, दैलेख र सुर्खेत रहेका छन् ।

यस्तै बाजुरा, बर्दिया, अर्घाखाँची, सिन्धुपाल्चोक र जुम्लामा भने केही विवाद रहेको कांग्रेसले जनाएको छ ।

सम्बन्धित समाचार

त्रिविको वार्षिक बजेट वृद्धि
त्रिविको वार्षिक बजेट वृद्धि
  • २०८३ आश्विन १४, १६: ४१

काठमाडौं : त्रिभुवन विश्वविद्यालय(त्रिवि) को वार्षिक बजेट वृद्धि भएको छ । गत वर्षको तुलनामा ९.७७ प्रतिशतले वृद्धि भएको हो ।...

कांग्रेस महाधिवेशनको मतदान भोलि बिहान ७ बजेदेखि, प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने
कांग्रेस महाधिवेशनको मतदान भोलि बिहान ७ बजेदेखि, प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने
  • २०८३ आश्विन १४, १६: ४१

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि बिहीबार हुने भनिएको मतदान स्थगित भएको छ । मतदानका लागि...

यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
  • २०८३ आश्विन १४, १६: ४१

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेजनारायण यादवसहित ७ जनाविरुद्ध...