
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन जारी रहेको छ ।
क्षेत्रीय अधिवेशन सम्पन्न गरी महाधिवेशन प्रतिनिधिको नामावली पठाउने अन्तिम मिति असोज १३ गते तोकिएको थियो । तर महाधिवेशनको मिति दुई दिन सरेसँगै क्षेत्रीय प्रतिनिधिको नामावली पठाउने समय असोज १५ गतेसम्म थप गरिएको छ ।
४९ जिल्लामा क्षेत्रीय अधिवेशन असोज १४ गते सम्पन्न हुने कांग्रेसले जनाएको छ । ताप्लेजुङ, पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, सोलुखुम्बु, ओखलढुंगा, उदयपुर, दोलखा, रामेछाप, सिन्धुली, चितवन, मकवानपुर, ललितपुर, गोरखा, लमजुङ, तनहुँ, मनाङ, मुस्ताङ, बागलुङ, नवलपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तु, पाल्पा, गुल्मी, रुकुम पूर्व, रोल्पा, प्युठान, दाङ, बाँके, रुकुम पश्चिम, सल्यान, जाजरकोट, कालिकोट, डोल्पा, मुगु, हुम्ला, बझाङ, डोटी, अछाम, दार्चुला, बैतडी, डडेल्धुरा, कञ्चनपुर र कैलालीमा असोज १४ गते अधिवेशन सम्पन्न हुने कांग्रेसले बताएको छ ।
यस्तै २३ जिल्लामा १५ गते निर्वाचन सम्पन्न हुने कांग्रेसले जनाएको छ । १५ गते निर्वाचन सम्पन्न हुने जिल्लामा मोरङ, सुनसरी, खोटाङ, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, रसुवा, धादिङ, काभ्रे, नुवाकोट, भक्तपुर, काठमडौं (क्षेत्र नं. ९), पर्वत, कास्की, स्याङ्जा, म्याग्दी, दैलेख र सुर्खेत रहेका छन् ।
यस्तै बाजुरा, बर्दिया, अर्घाखाँची, सिन्धुपाल्चोक र जुम्लामा भने केही विवाद रहेको कांग्रेसले जनाएको छ ।
काठमाडौं : सरकारले प्रशासन सेवातर्फका १७ जना सहसचिवको सरुवा गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय, आयोग, बोर्ड तथा...
काठमाडौं : नेपाली जनसम्पर्क समिति क्यानडाले चैाथो अधिवेशनबाट निर्वाचित कार्यसमिति तथा महाअधिवेशन प्रतिनिधिको प्रतिवेदन हस्तान्तरण गरेको छ। नेपाली कांग्रेसका केन्द्रीय...
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले सांसदहरुलाई आफ्नो विज्ञताअनुसार मुलुकको विकासमा योगदान दिन आग्रह गरेका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...