
काठमाडौं : नेपाली जनसम्पर्क समिति क्यानडाले चैाथो अधिवेशनबाट निर्वाचित कार्यसमिति तथा महाअधिवेशन प्रतिनिधिको प्रतिवेदन हस्तान्तरण गरेको छ।
नेपाली कांग्रेसका केन्द्रीय निर्वाचन प्रतिनिधि रमेश रायमाझी, नेपाली जन सम्पर्क समितिका नव निर्वाचित कार्यवहाक सभापति तथा महासमिति सदस्य विद्याभूषण कार्की, वरिष्ठ उपाध्यक्ष तथा महाअधिवेशन प्रतिनिधि राजेन्द्र पोखरेलले पार्टी कार्यालयका कार्वहाक मुख्य सचिव कृष्णप्रसाद दुलाललाई बुझाएका हुन् ।

प्रतिवेदनमा अधिवेशन प्रक्रिया, समन्वय प्रयास र अन्ततः भएको नेतृत्व चयनबारे विस्तृत विवरण समेटिएको छ।
प्रतिवेदनमा अधिवेशनलाई सहमति, संवाद र समावेशी सहभागिताको आधारमा सम्पन्न गराउने प्रयास भए पनि सबै पक्षबीच पूर्ण सहमति जुटाउन कठिन भएको उल्लेख गरिएको छ।
प्रतिवेदनअनुसार सन् २०१३ मा स्थापना भएको नेपाली जनसम्पर्क समिति क्यानाडामा विगतदेखि नै आन्तरिक मतभेद र समानान्तर गतिविधिहरू देखिँदै आएका थिए।
लामो समय एउटै नेतृत्व कायम रहँदा संगठनमा नयाँ पुस्ता र अन्य कांग्रेस समर्थकहरू पर्याप्त रूपमा समेटिन नसकेको गुनासोसमेत विभिन्न पक्षबाट उठ्दै आएको उल्लेख छ।

यसैबीच केन्द्रले अधिवेशन सम्पन्न गराउने जिम्मेवारी केशवप्रसाद दाहाललाई दिएपछि विवाद थप चर्किएको प्रतिवेदनमा जनाइएको छ।
तत्कालीन सभापति बुद्धिप्रकाश ओली पक्षले केन्द्रको निर्णयप्रति असहमति जनाउँदै अधिवेशन प्रक्रिया र सदस्यताको वैधानिकतामाथि प्रश्न उठाएको थियो।
सामाजिक सञ्जाल तथा विभिन्न माध्यममार्फत ठूलो संख्यामा क्रियाशील सदस्यहरूले राजीनामा दिएको दाबीसमेत सार्वजनिक भएको प्रतिवेदनमा उल्लेख छ।
तर पर्यवेक्षक रायमाझीले यी विषयलाई प्रत्यक्ष विवादमा रूपान्तरण नगरी संवादमार्फत समाधान खोज्ने प्रयास गरिएको बताएका छन्।
प्रतिवेदनअनुसार पर्यवेक्षक क्यानाडा पुगेपछि सबै पक्षसँग छुट्टाछुट्टै तथा संयुक्त छलफल गरिएको थियो।

तत्कालीन सभापति ओली पक्ष र दाहाल पक्षबीच अधिवेशनको मिति र प्रक्रियाबारे सहमति जुटाउने प्रयास भए पनि पूर्ण राजनीतिक सहमति बन्न सकेन।
दुवै पक्षबाट केन्द्रमा फरक–फरक सदस्य सूची पठाइएको र करिब ५५२–५५६ सदस्यको नामावलीबीच मतभेद देखिएको पनि उल्लेख छ।
२०८३ असोज २ गते केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीको पहलमा दुवै पक्षबीच निर्णायक छलफल भएको थियो।
सो छलफलमा केही दिन अधिवेशन सारेर भए पनि साझा सहमतिमा निर्वाचन गराउने प्रस्ताव आएको भए पनि अन्ततः ठोस सहमति बन्न सकेन।
२०८३ असोज ३ गते स्कारबोरो, क्यानाडामा सम्पन्न अधिवेशनमा करिब ४०० जनाको सहभागिता रहेको प्रतिवेदनमा उल्लेख छ।

सभापति पदका लागि प्रारम्भिक उम्मेदवारहरूले पछि केशवप्रसाद दाहाललाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएपछि उनी सर्वसम्मत रूपमा चयन भएको जनाइएको छ।
यद्यपि दाहाल स्वयंले निर्वाचन प्रक्रिया नै हुनुपर्ने धारणा राखे पनि बन्दसत्रले उनलाई नेतृत्वमा अघि बढाउने निर्णय गरेको प्रतिवेदनमा उल्लेख छ।
अधिवेशनपछि पनि विभिन्न चरणमा एकता प्रयास जारी राखिएको प्रतिवेदनमा उल्लेख छ।
ओली पक्षले दाहाललाई सभापति स्वीकार गरी एकता अधिवेशन गर्ने प्रस्ताव अघि सारेको भए पनि सहमति जुट्न सकेन।
पछि असोज ३ गते फोन संवादमार्फत समेत सहमति प्रयास भए पनि अन्ततः दुवै पक्ष अलग–अलग गतिविधिमा अघि बढेको जनाइएको छ।
असोज ३ गते करिब ४०० जनाको उपस्थितिमा नयाँ कार्यसमिति घोषणा गरिएको छ।
प्रतिवेदनअनुसार केशवप्रसाद दाहालको नेतृत्वमा गठित समितिमा वरिष्ठ उपसभापति, महामन्त्री, उपसभापति, सह–महामन्त्री, कोषाध्यक्षसहित ३० भन्दा बढी पदाधिकारी तथा सदस्यहरू चयन गरिएको छ।
नेपाली जनसम्पर्क समिति, क्यानाडाको आह्वान तथा केन्द्रीय कार्यालयको अनुमोदन र मेरो समेत उपस्थितिमा असोज ३ गते सम्पन्न करिब ४०० जनाको सहभागिताबाट देहायबमोजिमको कार्यसमिति घोषणा गरिएको छ।
केन्द्रीय पदाधिकारी
१. केशवप्रसाद दाहाल – सभापति
२. विद्याभूषण कार्की – वरिष्ठ उपसभापति
३. उज्ज्वलचन्द्र गौतम – वरिष्ठ उपसभापति
४. राजेन्द्र पोखरेल – वरिष्ठ उपसभापति
५. डोमा शेर्पा – उपसभापति (महिला)
६. मनोहर पाठक – उपसभापति (पश्चिमी क्यानडा)
७. अनिलकुमार घले – उपसभापति
८. शाहसनाथ अधिकारी – उपसभापति
९. रामकृष्ण रेग्मी – उपसभापति
१०. दिपेन्द्र अधिकारी – उपसभापति (युवा)
११. पितृराज घिमिरे ‘कुशल’ – महामन्त्री
१२. रमेश भट्टराई – महामन्त्री
१३. रविन कँडेल – महामन्त्री
१४. रामहरि कोइराला – सह–महामन्त्री
१५. वराज टमटा – सह–महामन्त्री
१६. मनोज बजगाईँ – सह–महामन्त्री
१७. अजिता अधिकारी – कोषाध्यक्ष
१८. योगेश्वर सापकोटा – सह–कोषाध्यक्ष
१९. सुशान्त राउत – युवा संयोजक
केन्द्रीय कार्यसमिति सदस्य
१. राजु थापा
२. सब्रिल लामिछाने
३. डा. जिवु उपाध्याय
४. दिनेश आचार्य
५. अनिल सिटौला
६. हितमान तुलाचन
७. ठाकुर भण्डारी
८. विमल चुडाल
९. देवराज बराल
१०. राजु चौधरी
११. रामहरि आचार्य
१२. विमलेन्द्र बुढाथोकी
१३. रितेश भुषाल
१४. सुशीलराज लामिछाने
१५. सनील दुरा
१६. विष्णु कुमार
१७. दिव्य खड्का
महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य
१. उदय दुरा – महासमिति सदस्य
२. विद्याभूषण कार्की – महासमिति सदस्य
३. पितृराज घिमिरे ‘कुशल’ – महासमिति सदस्य
४. राजेन्द्र पोखरेल – महाधिवेशन प्रतिनिधि
५. डा. जिवु उपाध्याय – महाधिवेशन प्रतिनिधि
६. सुशान्त राउत – महाधिवेशन प्रतिनिधि (युवा)
७. बिबर्ता अधिकारी – महाधिवेशन प्रतिनिधि (महिला)

साथै महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिसमेत सर्वसम्मत रूपमा चयन गरिएको उल्लेख छ।
प्रतिवेदनमा क्यानाडामा रहेका नेपाली समुदायमा नेपाली कांग्रेसप्रति उल्लेखनीय समर्थन रहेको निष्कर्ष निकालिएको छ।
विभिन्न भेटघाट तथा कार्यक्रमहरूमा ठूलो संख्यामा कांग्रेस समर्थकहरू सहभागी हुने गरेको र संगठनलाई अझ समावेशी बनाउनुपर्ने आवश्यकता देखिएको उल्लेख छ।
यसअघि महामन्त्री गगनकुमार थापाको पक्षमा भएको राजनीतिक अभियानमा करिब २५० जनाको सहभागिता भएको अनुभवसमेत प्रतिवेदनमा उल्लेख छ।
प्रतिवेदनमा जनसम्पर्क समितिलाई विवादभन्दा माथि उठाएर संगठनात्मक एकता कायम गर्नुपर्ने सुझाव दिइएको छ।
मुख्य सुझावहरू:
सबै पक्षसँग निरन्तर संवाद
सदस्यता र अधिवेशन प्रक्रियामा पारदर्शिता
युवा पुस्ताको सहभागिता वृद्धि
विदेशस्थित कांग्रेस समर्थकलाई संस्थागत रूपमा समेट्ने
सामाजिक सञ्जालका विवादलाई आन्तरिक संवादमार्फत समाधान गर्ने
केन्द्र र जनसम्पर्क समितिबीच नियमित समन्वय
केन्द्रीय निर्वाचन प्रतिनिधि रायमाझीले अधिवेशनलाई सकेसम्म सहमति र सहभागितामा सम्पन्न गर्ने प्रयास भए पनि पूर्ण सहमति जुटाउन नसकिएको स्वीकार गरेका छन्।
तर करिब ४०० जनाको सहभागितामा अधिवेशन सम्पन्न भई नयाँ नेतृत्व चयन भएको र यसलाई पार्टीले आधिकारिक रूपमा अभिलेखीकरण गरी अघि बढाउनुपर्ने उनले अनुरोध गरेका छन्।

काठमाडौं : सरकारले प्रशासन सेवातर्फका १७ जना सहसचिवको सरुवा गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय, आयोग, बोर्ड तथा...
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन जारी रहेको छ । क्षेत्रीय अधिवेशन सम्पन्न गरी महाधिवेशन प्रतिनिधिको नामावली...
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले सांसदहरुलाई आफ्नो विज्ञताअनुसार मुलुकको विकासमा योगदान दिन आग्रह गरेका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...