कांग्रेसको १५औं महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक, असोज २२ गते मतदान – Naya Bikalpa
October 23, 2026, Friday      Epaper

कांग्रेसको १५औं महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक, असोज २२ गते मतदान

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनको पूर्ण कार्यतालिका सार्वजनिक भएको छ । केन्द्रीय निर्वाचन समितिले एक सूचना प्रकाशित गर्दै महाधिवेशन प्रतिनिधि तथा मतदाताहरूका लागि निर्वाचन सम्बन्धी सम्पूर्ण तालिका, मतदान स्थल तथा आचारसंहिता सम्बन्धी जानकारी गराएको हो ।

संयोजक प्रेमबहादुर खड्का, सदस्य सचिव राजु कटुवाल र सदस्य सुजन लोप्चनद्वारा हस्ताक्षरित सूचना अनुसार महाधिवेशनको मुख्य मतदान प्रक्रिया २०८३ असोज २२ गते सम्पन्न हुनेछ ।

निर्वाचनको पूर्ण कार्यतालिका

केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको तालिका अनुसार मतदाता नामावली प्रकाशनदेखि मतदान र मतगणनासम्मको समय निर्धारण गरिएको छ :

मतदाता नामावली प्रकाशन: २०८३ असोज १९ गते, बेलुका ५:०० बजे
दाबी विरोधको समय: २०८३ असोज १९ गते, बेलुका ५:०० देखि ६:३० बजेसम्म
दाबी विरोधमा जाँचबुझ: २०८३ असोज १९ गते, बेलुका ६:३० देखि ७:३० बजेसम्म
मतदाताको अन्तिम नामावली प्रकाशन: २०८३ असोज १९ गते, बेलुका ८:३० बजे
उम्मेदवारी मनोनयनपत्र दर्ता: २०८३ असोज २० गते, बिहान १०:०० देखि दिउँसो ३:०० बजेसम्म
उम्मेदवारहरूको प्रथम नामावली प्रकाशन: २०८३ असोज २० गते, दिउँसो ४:३० बजे
उम्मेदवारको दरखास्तमा दाबी विरोध: २०८३ असोज २० गते, दिउँसो ४:३० देखि ५:३० बजेसम्म
दाबी विरोधमा जाँचबुझ: २०८३ असोज २० गते, बेलुका ५:३० देखि ६:३0 बजेसम्म
उम्मेदवारको दोस्रो नामावली प्रकाशन: २०८३ असोज २० गते, बेलुका ७:०० बजे
उम्मेदवारी फिर्ता तथा निवेदन पेश: २०८३ असोज २१ गते, बिहान ९:०० बजेसम्म
उम्मेदवारको अन्तिम नामावली प्रकाशन: २०८३ असोज २१ गते, बिहान १०:०० बजे
प्रचारप्रसारको समय: २०८३ असोज २१ गते, दिनभरि
मतदान: २०८३ असोज २२ गते, बिहान ७:३० बजेदेखि बेलुका ५:०० बजेसम्म

मतगणना र नतिजा: मतदान समाप्त भए लगत्तै मतगणना शुरू हुने र मतगणना सकिए लगत्तै निर्वाचन परिणाम घोषणा गरिनेछ ।

नेपाली कांग्रेसले मतदान प्रक्रियालाई सहज बनाउन तीन वटा मतदान केन्द्रको व्यवस्था गरेको छ ।

१. मतदान केन्द्र ‘क’ (राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग): बागमती प्रदेशका मतदाताहरूका लागि ।

२. मतदान केन्द्र ‘ख’ (खुलामञ्च): कोशी प्रदेश, मधेश प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेशका साथै भ्रातृ एवं शुभेच्छुक संस्था र नेपाली जनसम्पर्क समितिका मतदाताहरूका लागि ।

३. मतदान केन्द्र ‘ग’ (प्रज्ञा भवन, कमलादी): गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका मतदाताहरूका लागि ।

मनोनयन दस्तुर र बैंक विवरण

विभिन्न पदका लागि उम्मेदवारी दर्ता गर्दा तोकिएको दस्तुर बुझाउनुपर्नेछ :

केन्द्रीय सभापति: रु. ४० हजार
केन्द्रीय उपसभापति र महामन्त्री: रु. ३० हजार
केन्द्रीय सहमहामन्त्री: रु. २० हजार
केन्द्रीय सदस्य: रु. ११ हजार

मनोनयन दस्तुर प्रभु बैंकमा रहेको नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिको खाता नम्बर११३००७२६४३६०००२९ मा जम्मा गरी सोको भौचर वा क्युआर मार्फत बुझाएको प्रमाण संलग्न गर्नुपर्नेछ ।

प्रस्तावक, समर्थक र आवश्यक कागजातहरू

उम्मेदवारी दर्ताका लागि पद अनुसार प्रस्तावक र समर्थकको संख्या अनिवार्य गरिएको छ :

सभापति पदका लागि: १० जना प्रस्तावक र १० जना समर्थक ।

उपसभापति र महामन्त्री पदका लागि: ७ जना प्रस्तावक र ७ जना समर्थक ।

सहमहामन्त्री पदका लागि: ५ जना प्रस्तावक र ५ जना समर्थक ।

केन्द्रीय सदस्य पदका लागि: ३ जना प्रस्तावक र ३ जना समर्थक ।

एउटा पदमा उम्मेदवार बनेको व्यक्ति सोही पदको अर्को उम्मेदवारको प्रस्तावक वा समर्थक बन्न नपाउने व्यवस्था गरिएको छ । मनोनयन दर्ता गर्दा निरन्तर क्रियाशील सदस्य रहेको सिफारिस, महाधिवेशन प्रतिनिधि निर्वाचित प्रमाणपत्र, तोकिएको फोटोसहितको परिचयपत्र तथा बैंक भौचर अनिवार्य बुझाउनुपर्नेछ । वारेश वा विदेशस्थित जनसम्पर्क समितिबाट दर्ता गर्दा नेपाली नागरिकताको प्रतिलिपि अनिवार्य गरिएको छ ।

निर्वाचन समितिले निर्वाचन अवधिभर टोपी, क्याप, भेस्ट, टी-सर्ट, ज्याकेट, गम्छा, ब्याज, मास्क वा लकेट जस्ता सामाग्रीको प्रयोग गरी प्रचारप्रसार गर्न पूर्ण प्रतिबन्ध लगाएको छ । उम्मेदवारले केवल आफ्नो परिचय र उम्मेदवारी सम्बन्धी सामान्य पर्चा वा पम्प्लेट मात्र वितरण गर्न पाउनेछन् । मतदान स्थल आसपास फ्लेक्स प्रिन्ट राख्न निषेध गरिएको छ भने १५औँ महाधिवेशन निर्वाचन निर्देशिका २०८३ को धारा १७ अनुसारको आचारसंहिता पालना गर्नु अनिवार्य हुनेछ ।

May be an image of map, ticket stub and text

May be an image of tree and text

May be an image of text

सम्बन्धित समाचार

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण, सिंचाइमा सहज
सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण, सिंचाइमा सहज
  • २०८३ आश्विन १८, २१: २०

तुलसीपुर (दाङ) : दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित कृत्रिम ड्याम निर्माण भएपछि स्थानीय किसानहरूका लागि सिंचाइ सुविधामासहजता...

दसैंको टीकाको तेस्रो दिन आज : मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गर्ने क्रम जारी
दसैंको टीकाको तेस्रो दिन आज : मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गर्ने क्रम जारी
  • २०८३ आश्विन १८, २१: २०

काठमाडौं : बडादसैंको टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम जारी रहेको छ। विजयादशमीका...

तिब्बतमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १६ जनाको मृत्यु
तिब्बतमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १६ जनाको मृत्यु
  • २०८३ आश्विन १८, २१: २०

काठमाडौं : चीनको तिब्बतस्थित पहाडी क्षेत्रमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा १६ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते...