बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै, यस्तो छ धार्मिक महत्त्व – Naya Bikalpa
October 19, 2026, Monday      Epaper

बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै, यस्तो छ धार्मिक महत्त्व

काठमाडौँ — बडादसैँअन्तर्गत नवरात्रको चौथो दिन आज (बुधबार) दशैँघर, पूजाकोठा र देशभरका शक्तिपीठहरूमा नवदुर्गामध्येकी चौथो रूप कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना र विशेष उपासना गरिँदैछ  । आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखिएसँगै सुरु भएको नवरात्रमा प्रत्येक दिन दुर्गाका नौवटा विभिन्न रूपको पूजा गर्ने परम्परा छ  ।

संस्कृत भाषामा आध्यात्मिक, आधिभौतिक र आधिदैविक तीन प्रकारका ताप (सांसारिक कष्ट) लाई ‘कुष्मा’ भनिन्छ । नवदुर्गामध्येकी चौथी यी देवीले आफ्नो मन्द मुस्कानद्वारा ब्रह्माण्डको सृष्टि गरेकी र आफ्नो शरणमा आउने भक्तहरूको तीनै ताप हरिदिने भएकाले उहाँको नाम कुष्माण्डा रहन गएको धार्मिक मान्यता छ  । विभिन्न पुराणहरूमा कुष्माण्डा देवीले सुराले भरिएका घडा तथा रगतयुक्त पात्र धारण गर्ने उल्लेख गरिएको छ  ।

असत्यमाथि सत्यको विजयको प्रतीक दसैँ

वैदिक सनातन धर्मावलम्बीहरूले आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानव जातिलाई जोगाएकी दुर्गा देवीको सम्झनामा प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म विशेष आराधना गर्छन्  । दसैँलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाउने गरिन्छ   नवरात्रभर घटस्थापना गरिएका स्थलमा दुर्गा सप्तशती (चण्डी) र श्रीमद्देवी भागवत लगायतका देवीस्तोत्रहरूको पाठ पारायण गर्ने गरिन्छ  ।
दुर्गाको प्रतीकका रूपमा महानवमीसम्म प्रत्येक दिन दुई वर्षभन्दा माथिका छुट्टाछुट्टै नौ जना कन्याको पूजा गर्ने शास्त्रीय विधानसमेत रहेको छ  । बडादसैँको सातौँ दिन धार्मिक विधिअनुसार फूलपाती भित्र्याइनेछ भने महाअष्टमी र महानवमीका दिन बलिपूजा गर्नेहरूले दसैँघर, कोत र शक्तिपीठहरूमा बलिसहित विशेष पूजा अर्चना गर्छन्   । आज चौथो दिन काठमाडौँको भद्रकाली, शोभाभगवती, नक्साल भगवती, गुह्येश्वरीसहित देशभरका प्रमुख देवी मन्दिरहरूमा बिहानैदेखि श्रद्धालु भक्तजनहरूको बाक्लो उपस्थिति रहेको छ।

सम्बन्धित समाचार

ओमानविरुद्ध जित निकाल्दै नेपाल लिग-२ को शीर्ष ६ मा
ओमानविरुद्ध जित निकाल्दै नेपाल लिग-२ को शीर्ष ६ मा
  • २०८३ आश्विन २८, ०६: ३२

काठमाडौं : नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत अन्तिम खेलमा ओमानविरुद्ध जित हात पारेको छ । सोमबार भएको खेलमा...

बुढीगण्डकीले बगाएको आरुघाट पुलमा बेलिब्रिज जडान
बुढीगण्डकीले बगाएको आरुघाट पुलमा बेलिब्रिज जडान
  • २०८३ आश्विन २८, ०६: ३२

काठमाडौं : बुढीगण्डकी नदीको बाढीले क्षतिग्रस्त बनाएको गोरखा र धादिङ जोड्ने आरुघाटस्थित पुलमा बेलिब्रिज जडान गरिएको छ । बेलिब्रिज निर्माण...

नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य
नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य
  • २०८३ आश्विन २८, ०६: ३२

काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले घरेलु टोली ओमानलाई २८१ रनको...