समाचार लेखेकै भरमा पत्रकार पक्राउ गर्नु अलोकतान्त्रिक : कांग्रेस महामन्त्री डा. संग्रौला – Naya Bikalpa
November 1, 2026, Sunday      Epaper

समाचार लेखेकै भरमा पत्रकार पक्राउ गर्नु अलोकतान्त्रिक : कांग्रेस महामन्त्री डा. संग्रौला

काठमाडौं : नेपाली कांग्रेसकी महामन्त्री डा. डिला संग्रौला पन्तले समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गर्नु गैरकानुनी र अलोकतान्त्रिक कार्य भएको बताएकी छन् ।

पत्रकारमाथि भइरहेको धरपकडप्रति आपत्ति जनाउँदै उनले सरकारको यस्तो गतिविधिले अलोकतान्त्रिक चरित्र उजागर गरेको टिप्पणी गरेकी हुन् ।

उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता नेपालको संविधानले प्रत्याभूत गरेको मौलिक अधिकार भएको उल्लेख गर्दै यो अधिकार कसैको निगाहमा प्राप्त नभई दशकौँ लामो सङ्घर्षको परिणाम भएको बताएकी छन् ।

समाचारप्रति चित्त नबुझे खण्डन गर्ने, उजुरी दिने वा कानुनी उपचार खोज्ने वैधानिक विकल्प हुँदाहुँदै सत्ता र शक्तिको आडमा पत्रकारलाई धम्क्याउने, सादा पोसाकका प्रहरी समाचार कक्षमा पठाउने तथा प्रहरी कार्यालयमा बोलाएर केरकार र दबाब दिने कार्य कुनै पनि हालतमा स्वीकार्य नहुने उनको भनाइ छ ।

नेपाली कांग्रेसले यस्ता गतिविधिको निन्दा गर्ने उल्लेख गर्दै महामन्त्री संग्रौलाले पक्राउ परेका सम्पूर्ण पत्रकारलाई तत्काल रिहा गर्न सरकारसँग माग गरेकी छन् । साथै, संविधानको मर्मअनुरूप प्रेस स्वतन्त्रताको सम्मान र प्रत्याभूति गर्न पनि उनले सरकारको ध्यानाकर्षण गराएकी छन् ।

पत्रकारमाथि हुने यस्ता गतिविधिबाट उत्पन्न परिस्थितिको जिम्मेवारी वर्तमान सरकारले नै लिनुपर्ने उनको चेतावनी छ ।

सम्बन्धित समाचार

सरकारको स्वेच्छाचारिताले सीमा नाघ्यो, हामीले जे बोल्यौं त्यो नै हुकुम हो भन्ने साेच चिन्ताजनक : सभापति थापा
सरकारको स्वेच्छाचारिताले सीमा नाघ्यो, हामीले जे बोल्यौं त्यो नै हुकुम हो भन्ने साेच चिन्ताजनक : सभापति थापा
  • २०८३ कार्तिक १४, २०: ००

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकारको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाउँदै शक्ति र अधिकारको स्वेच्छाचारी प्रयोग भइरहेको आरोप...

अम्बे स्टिल कम्पनीमा आगलागी, ८ जना घाइते
अम्बे स्टिल कम्पनीमा आगलागी, ८ जना घाइते
  • २०८३ कार्तिक १४, २०: ००

काठमाडौं : बाँकेको जानकी गाउँपालिका–५, बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा आगलागी हुँदा ८ जना घाइते भएका छन् । आइतबार बिहान...

सुनचाँदीको मूल्य घट्यो
सुनचाँदीको मूल्य घट्यो
  • २०८३ कार्तिक १४, २०: ००

काठमाडौं : स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा रु आठ हजार ३०० र चाँदी रु १७५ ले...