पत्रकारलाई कार्यस्थलबाटै नियन्त्रणमा लिनु प्रेस स्वतन्त्रता र संविधानले सुनिश्चित गरेको अधिकारमाथिको हस्तक्षेप : सहमहामन्त्री रसाइली – Naya Bikalpa
November 1, 2026, Sunday      Epaper

पत्रकारलाई कार्यस्थलबाटै नियन्त्रणमा लिनु प्रेस स्वतन्त्रता र संविधानले सुनिश्चित गरेको अधिकारमाथिको हस्तक्षेप : सहमहामन्त्री रसाइली

काठमाडौं : नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश स्नेही ‘रसाइली’ले समाचार कक्षबाटै पत्रकार पक्राउ गरेको घटनाप्रति आपत्ति जनाएका छन् ।

उनले पत्रकारमाथि भइरहेको धरपकडप्रति आपत्ति जनाउँदै सरकारको यस्तो गतिविधि अलोकतान्त्रिक भएको टिप्पणी गरे ।

उनले पत्रकारलाई कार्यस्थलबाटै नियन्त्रणमा लिनु प्रेस स्वतन्त्रता र संविधानले सुनिश्चित गरेको अधिकारमाथिको हस्तक्षेप भएको बताए ।

समाचारप्रति चित्त नबुझे खण्डन गर्ने, उजुरी दिने वा कानुनी उपचार खोज्ने वैधानिक विकल्प हुँदाहुँदै सत्ता र शक्तिको आडमा पत्रकारलाई धम्क्याउने, सादा पोसाकका प्रहरी समाचार कक्षमा पठाउने तथा प्रहरी कार्यालयमा बोलाएर केरकार र दबाब दिने कार्य कुनै पनि हालतमा स्वीकार्य नहुने उनको भनाइ छ ।

उनले पक्राउ परेका पत्रकारलाई तत्काल रिहा गर्न माग गरेका छन् ।

सम्बन्धित समाचार

सरकारको स्वेच्छाचारिताले सीमा नाघ्यो, हामीले जे बोल्यौं त्यो नै हुकुम हो भन्ने साेच चिन्ताजनक : सभापति थापा
सरकारको स्वेच्छाचारिताले सीमा नाघ्यो, हामीले जे बोल्यौं त्यो नै हुकुम हो भन्ने साेच चिन्ताजनक : सभापति थापा
  • २०८३ कार्तिक १४, २०: २२

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकारको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाउँदै शक्ति र अधिकारको स्वेच्छाचारी प्रयोग भइरहेको आरोप...

अम्बे स्टिल कम्पनीमा आगलागी, ८ जना घाइते
अम्बे स्टिल कम्पनीमा आगलागी, ८ जना घाइते
  • २०८३ कार्तिक १४, २०: २२

काठमाडौं : बाँकेको जानकी गाउँपालिका–५, बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा आगलागी हुँदा ८ जना घाइते भएका छन् । आइतबार बिहान...

सुनचाँदीको मूल्य घट्यो
सुनचाँदीको मूल्य घट्यो
  • २०८३ कार्तिक १४, २०: २२

काठमाडौं : स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा रु आठ हजार ३०० र चाँदी रु १७५ ले...