जनदबाबपछि रिहाइ भन्दा कानुन विपरीत पक्राउ र ‘ह्यारेसमेन्ट’ बन्द गर सरकार : सभापति थापा – Naya Bikalpa
November 1, 2026, Sunday      Epaper

जनदबाबपछि रिहाइ भन्दा कानुन विपरीत पक्राउ र ‘ह्यारेसमेन्ट’ बन्द गर सरकार : सभापति थापा

काठमाडौं : नेपाली कांग्रेसले विभिन्न सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिने तथा जनदबाबपछि मात्रै रिहा गर्ने प्रवृत्ति रोक्न सरकारसँग माग गरेको छ ।

कांग्रेस सभापति गगनकुमार थापाले शुक्रबार विज्ञप्ति जारी गर्दै कानुनविपरीत पत्रकार पक्राउ गर्ने र सञ्चारगृहमा प्रहरी हस्तक्षेप गर्ने कार्य तत्काल बन्द गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनले समाचार कक्षमै प्रहरी परिचालन गरी पत्रकारलाई पक्राउ गर्ने र धरपकड गर्ने शैलीले शाहीकालीन निरंकुशताको झल्को दिएको बताएका छन् । विगतमा पनि शासकहरूमाथि प्रश्न उठ्दा सत्ता र शक्तिको दुरुपयोग गरी सञ्चार क्षेत्रमाथि हस्तक्षेप हुने गरेको स्मरण गराउँदै उनले यस्ता प्रवृत्ति दोहोरिनु लोकतन्त्रका लागि चिन्ताजनक विषय भएको उल्लेख गरेका छन् ।

कांग्रेसले आफू स्थापनाकालदेखि नै प्रेस स्वतन्त्रता, नागरिक अधिकार र कानुनी शासनको पक्षमा उभिँदै आएको दाबी गर्दै सञ्चारमाध्यम र पत्रकारमाथि हुने कुनै पनि प्रकारको स्वेच्छाचारी कदमको विरोध गर्ने जनाएको छ ।

स्वतन्त्र पत्रकारिता लोकतन्त्रको आधारस्तम्भ भएको उल्लेख गर्दै कांग्रेसले कुनै सञ्चारमाध्यम वा पत्रकारबाट गल्ती भएको भए त्यसको निरूपणका लागि प्रेस काउन्सिललगायत स्थापित कानुनी तथा संस्थागत प्रक्रिया अवलम्बन गर्नुपर्ने बताएको छ ।

ती प्रक्रियालाई बेवास्ता गर्दै सञ्चारगृहमा सोझै प्रहरी हस्तक्षेप गर्नु कानुनी शासनको मर्मविपरीत भएको कांग्रेसको ठहर छ । विज्ञप्तिमा यस्तो कार्यलाई दमनकारी कदमको संज्ञा दिँदै पार्टीले घटनाको भर्त्सना गरेको छ ।

कांग्रेसले नियन्त्रणमा लिइएका व्यक्तिहरूको संवैधानिक अधिकारको रक्षा गर्न, सञ्चारगृहमा भइरहेको अनावश्यक प्रहरी हस्तक्षेप रोक्न र कानुनी प्रक्रियाबाहिर गएर गरिएका कदम सच्याउन सरकारसँग माग गरेको छ ।

विज्ञप्तिको अन्त्यमा सभापति थापाले जनदबाबपछि रिहाइ गर्नुभन्दा कानुनविपरीत हुने पक्राउ र पत्रकारमाथिको दुर्व्यवहार नै रोक्नुपर्ने बताएका छन् ।

May be an illustration of text

सम्बन्धित समाचार

सरकारको स्वेच्छाचारिताले सीमा नाघ्यो, हामीले जे बोल्यौं त्यो नै हुकुम हो भन्ने साेच चिन्ताजनक : सभापति थापा
सरकारको स्वेच्छाचारिताले सीमा नाघ्यो, हामीले जे बोल्यौं त्यो नै हुकुम हो भन्ने साेच चिन्ताजनक : सभापति थापा
  • २०८३ कार्तिक १४, २०: ५०

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकारको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाउँदै शक्ति र अधिकारको स्वेच्छाचारी प्रयोग भइरहेको आरोप...

अम्बे स्टिल कम्पनीमा आगलागी, ८ जना घाइते
अम्बे स्टिल कम्पनीमा आगलागी, ८ जना घाइते
  • २०८३ कार्तिक १४, २०: ५०

काठमाडौं : बाँकेको जानकी गाउँपालिका–५, बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा आगलागी हुँदा ८ जना घाइते भएका छन् । आइतबार बिहान...

सुनचाँदीको मूल्य घट्यो
सुनचाँदीको मूल्य घट्यो
  • २०८३ कार्तिक १४, २०: ५०

काठमाडौं : स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा रु आठ हजार ३०० र चाँदी रु १७५ ले...