
नयाँ विकल्प,
काठमाडाैं- कोरोना भाइरस संक्रमण पुष्टि भएका चर्चित स्ट्यान्डअप कलाकार मनोज गजुरेलको स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार भएकाे छ । गजुरेलकाे स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि उनलाइ आईसियूमा राखेर उपचार गरिएकाे थियाे ।स्वास प्रस्वासमा समस्या देखिएपछि गजुरेल बाेल्न नसक्ने अवस्थामा पुगेका थिए ।
नयाँ विकल्पले मनाेज गजुरेलकाे स्वास्थ्य अवस्था बारे समाचार प्रस्तुत गरेपछि उनका फ्यान, शुभ चिन्तक लगायत आम पाठकले मनाेजलाइ ‘गेटवेल सुनकमेडी किङ’ भन्दै स्वास्थ्य सुधारकाे कामना गरेका छन् ।
पछिल्लाे समय उनकाे स्वास्थमा उल्लेख्य सुधार भएपछि गजुरेलले हिजाे साँझ छाेरा छाेरी संग कुरा गरेका छन् । गजुरेलका नातामा भान्जा पर्ने कमेडीयन कलाकार तथा रेडियाे कार्यक्रम प्रस्ताेता राजा राजेन्द्रले नयाँ विकल्पलाइ बताए अनुसार उपचारत मनाेज गजुरेलकाे स्वास्थमा उल्लेख्य सुधार भएपछि नियमित खाना समेत खान थालेका छन् ।
स्वास्थ्य अवस्था गम्भीर भएपछि उनी उपचारका लागि बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पताल भर्ना गरिएको छ । मनाेजलाइ यतिवेला स्वास प्रस्वासमा समस्या देखिएकाे छैन् । काेराेना संक्रमण मुक्त भए नभएकाे बारे पछिल्लाे स्वास्थ्य परिक्षण भने साेमबारसम्म गरिने जनाइएकाे छ ।
मनाेज गजुरेललाइ गत आइतबार लक्षण सहितकाे लक्षणसहितको कोरोना पुष्टि भएको थियाे । संक्रमणकाे पुष्टि भएपनि स्वास्थ्यमा खासै समस्या नदेखिएपछि उनी घरमा नै आइसोलेशन बसिरहेका थिए । गत बुधबार गजुरेलकाे स्वास्थ्यमा एकाएक जटिल बनेपछि उपचारकालागि अवस्था जटिल बनेपछि बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पताल भर्ना गरिएको थियो । उनले आफूलाई कोरोना भाइरसको संक्रमण भएको फेसबुकबाट सार्वजनिक गरेका गजुरेलले आफ्ना दाजुलाई अस्पताल ल्याउने लैजाने क्रममा आफू संक्रमित भएको शंका व्यक्त गरेका थिए।
काठमाडौं : नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा आयोजित सम्पादक तथा प्रकाशकहरूको भेलाबाट गठन गरिएको छापामाध्यम सुझाव कार्यदलले दिएको सात बुँदे...
काठमाडौं : लोककल्याणकारी विज्ञापनबापत छापा माध्यमले प्राप्त गर्दै आएको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं...
काठमाडौं : संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कार्य संयोजन समितिको बैठकले रसुवामा आएको प्रलयकारी...