झापामा एक कोरोना संक्रमित पुरूषको मृत्यु – Naya Bikalpa
September 22, 2026, Tuesday      Epaper

झापामा एक कोरोना संक्रमित पुरूषको मृत्यु


नयाँ विकल्प
विर्तामाेड-झापाको शिवसताक्षी नगरपालिकामा थप एक जना पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। शिवसताक्षी नगरपालिकाको स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार स्थानीय वडा नम्बर ६का ६२ वर्षीय पुरुषको बिहीबार राति मृत्यु भएको हो ।

उनको कार्तिक १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो। कोरोना संक्रमण पुष्टि भएपछि उनको झापाको बि एण्ड सी अस्पतालमा उपचार भइरहेको थियो। मृतकको कार्तिक २४ मा कोरोनाको थप परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको थियो।

बि एण्ड सी अस्पतालका अनुसार मृतकमा मृगौला रोग को पनि समस्या थियो। तर, परिवार स्रोतका अनुसार मृतकको कोरोना संक्रमण बाहेक अन्य कुनै रोग थिएन। मृतकको शव व्यवस्थापनका लागि नेपाली सेनाको टोली सँग समन्वय भइरहेकाे जनाइएकाे छ ।

सम्बन्धित समाचार

भोलि देशैभर कांग्रेसको पालिका अधिवेशन हुने
भोलि देशैभर कांग्रेसको पालिका अधिवेशन हुने
  • २०७७ कार्तिक २८, ०९: ०१

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्ने क्रममा भोलि असोज ७ गते देशैभर एकसाथ पालिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
  • २०७७ कार्तिक २८, ०९: ०१

काठमाडौं : संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी हुन प्रधानमन्त्री वालेन्द्र शाह अमेरिका प्रस्थान गरेका छन् । उनी कतार एयरवेजमा दोहा...

भरत दाहाललाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
भरत दाहाललाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
  • २०७७ कार्तिक २८, ०९: ०१

काठमाडौं : सर्वोच्च अदालतले भरतमणि दाहालको पक्राउबारे सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मीको एकल...