भारतीय दूतावासद्वारा निवन्ध प्रतियोगीताका विजेताको घोषणा – Naya Bikalpa
September 7, 2026, Monday      Epaper
सन्दर्भः ५ औं आयुर्वेद तथा धनवन्तरी जयन्ति

भारतीय दूतावासद्वारा निवन्ध प्रतियोगीताका विजेताको घोषणा



नयाँ विकल्प,

काठमाडौं – ५औं आयुर्वेद दिवस तथा धनवन्तरी जयन्तिको अवसरमा भारतीय दूतावासद्वारा शुक्रबार आयोजना गरिएको एक वेबिनारमा अन्तराष्ट्रिय निबन्ध प्रतियोगिताका विजेताको नाम घोषणा गरिएको छ ।

भारतीय दूतवास, आयुर्वेद क्याम्पस, ईन्स्टिच्युट अफ मेडिसिन, त्रिभुवन विश्वविद्यालयको सहयोगमा ‘ कोभिड १९ को लागि आयुर्वेद’ शिर्षकमा आयोजित अन्तर्राष्ट्रिय निबन्ध प्रतियोगितामा भारत, नेपाल र अन्य देशहरूबाट गरी करिब दुई सय जनाको सहभागीता थियो ।

प्यानलिस्टहरुमा भारत र नेपालका ६ प्रख्यात वक्ता र आयुर्वेद अभ्यासकहरु थिए जसले आफ्नो विचारहरु र विशेषज्ञताको विषयमा चर्चा गरेका थिए ।

वेबिनारमा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले आयुर्वेदका फाइदाहरू र बढ्दो लोकप्रियता बारे प्रकाश पार्ने एक भिडियो सन्देश दिएका थिगए ।

भारतीय दूतावासकी मिशन उपप्रमुख नामग्या सी खम्पाले भारत र नेपालको घर –घरमा पाइने बेसार लगायत आयुर्वेदिक उत्पादनको बढ्दो खपतको बारेमा चर्चा गरेकी थिइन । कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रोफेसर डा. शिवलाल भुसाल र विश्वविद्यालयका अन्य प्रमुख शिक्षाविद्हरू उपस्थित थिए ।

विश्वव्यापी रुपमा फैलिएको कोरोनाका कारण यसको रोकथाम, बचावट र सतर्कता सम्वन्धमा प्रतियोगीहरुले निवन्ध प्रस्तुत गरेका थिए ।

सम्बन्धित समाचार

कांग्रेस कार्यसम्पादनको दुईदिने बैठक बाढीपीडितमा केन्द्रित, सरकारले सञ्चार क्षेत्रमा गरेको विभेदकारी नीति खारेजीको माग
कांग्रेस कार्यसम्पादनको दुईदिने बैठक बाढीपीडितमा केन्द्रित, सरकारले सञ्चार क्षेत्रमा गरेको विभेदकारी नीति खारेजीको माग
  • २०७७ कार्तिक २९, १५: ४१

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको दुईदिने बैठक ललितपुरस्थित बी.पी. स्मृति भवनमा सम्पन्न भएको छ । सभापति गगन कुमार...

विचारमा बहस गरौं, नेतृत्वमा प्रतिस्पर्धा गरौं, पार्टी कमजोर नबनाऔं : सहमहामन्त्री संग्रौला
विचारमा बहस गरौं, नेतृत्वमा प्रतिस्पर्धा गरौं, पार्टी कमजोर नबनाऔं : सहमहामन्त्री संग्रौला
  • २०७७ कार्तिक २९, १५: ४१

ललितपुर : नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीको १५औँ महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्नुपर्ने बताएकी छिन् । सोमबार बसेको...

एनपिएलको ओटिटी प्रसारणको अधिकार ‘नेट टिभी’लाई, हिमालय स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने
एनपिएलको ओटिटी प्रसारणको अधिकार ‘नेट टिभी’लाई, हिमालय स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने
  • २०७७ कार्तिक २९, १५: ४१

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) को प्रसारण अधिकार सम्बन्धी बोलपत्र प्रक्रियाबाट ओटिटी र टेलिभिजन दुवै माध्यम टुंगो लागेको छ...