
काठमाडौं–पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १२ सय २९ जना कोरोना भाइरस (कोभिड–१९) का संक्रमित थपिएका छन् । ५ सय १३ जना महिला र ७ सय १६ जना पुरुष गरी १२ सय २९ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको छ । पछिल्लो २४ घण्टामा उपत्यकाका १२ सय २९ सहित २१ सय ३ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस्तै, मन्त्रालयका अनुसार आइसोलेसनमा २८ हजार १०६ जना र ७६७ जना क्वारेन्टाइनमा छन् । आज बिहिबार २८ सय ५८ जनाले कोरोना जितेर डिस्चार्ज भएसँगै कुल डिस्चार्ज हुनेको संख्या १ लाख ८५ हजार ६३८ पुगेको छ । हालसम्म १६ लाख ३३ हजार ५५९ वटा पीसीआर नमूना परीक्षण गरिएको छ ।
नेपालमा कोरोनाबाट १२ सय ७६ जनाको मृत्यु भएको छ । बिहीबार मात्रै १७ जनाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ ।
यस्तै देशभर भने बितेको २४ घण्टामा ८ सय ६४ जना महिला र १ हजार २ साय ३९ जना पुरुषसहित थप २ हजार १०३ जना संक्रमित थपिएका छन् । यस्तै २ हजार ८५८ संक्रमणमुक्त भएका छन् ।
हाल नेपालमा कोरोना संक्रमण निको हुने दर ८६.३ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ । मन्त्रालयको अध्यावधिक विवरण अनुसार बिहीबारसम्म सक्रिय संक्रमितको संख्या २८ हजार १०६ जना रहेको छ ।
हालसम्म कुल संक्रमितको संख्या २ लाख १५ हजार २० जना र निको हुनेको संख्या १ लाख ८५ लाख ६३८ जना रहेको छ । यस्तै हालसम्म कोरोनाबाट १ हजार २७६ जनाले ज्यान गुमाएका छन् भने क्वारेन्टिनमा ७६७ जना रहेका छन् ।
काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको दुईदिने बैठक ललितपुरस्थित बी.पी. स्मृति भवनमा सम्पन्न भएको छ । सभापति गगन कुमार...
ललितपुर : नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीको १५औँ महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्नुपर्ने बताएकी छिन् । सोमबार बसेको...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) को प्रसारण अधिकार सम्बन्धी बोलपत्र प्रक्रियाबाट ओटिटी र टेलिभिजन दुवै माध्यम टुंगो लागेको छ...