वीरका कर्मचारीले ८ महिनादेखि जाेखिम भत्ता नपाउँदा सवै स्थानीय तहमा अस्पताल खाेल्न उर्दी – Naya Bikalpa
September 23, 2026, Wednesday      Epaper

वीरका कर्मचारीले ८ महिनादेखि जाेखिम भत्ता नपाउँदा सवै स्थानीय तहमा अस्पताल खाेल्न उर्दी

नयाँ विकल्प

काठमाडाैं – सरकारले काेराेना संक्रमण नियन्त्रणकालागि प्रत्यक्ष रूपमा खटिने स्वास्थ्यकर्मीलाइ तलबकाे शतप्रतिशत भत्ता उपलब्ध गराउने घाेषणा गरेकाे थियाे । काेराेना महामारीबीच देशभरका स्वास्थ्यकर्मीले ज्यान जाेखिममा पारेर काम गरिरहेका छन् ।

सरकारले काेराेना नियन्त्रणकाे सबैभन्दा पहिलाे पंत्तिमा खटिएका तिनै कर्मचारीले सेवा सुविधा नपाउँदा हप्ताैदेखि आन्दाेलमा छन् । कोभिड १९ जोखिम भत्ता उपलब्ध नगराएको भन्दै वीर अस्पतालका स्वास्थ्यकर्मीहरुले ३६ दिनदेखि आन्दोलन गरिरहेका छन् ।

औषधि खरिद, सेवा विस्तार, कोभिड जोखिम भत्ता उपलब्ध गराउनु पर्ने उनीहरुको माग छ ।आन्दोलनरत स्वास्थ्यकर्मी र अस्पताल व्यवस्थापनबीच पटक पटक छलफल भएपनि कुनै सहमति भएको छैन् ।

आन्दोलनरत स्वास्थ्यकर्मीहरूले सरकारले माग पुरा नगरे अझै कडा आन्दोलन हुने बताइरहेका छन् । संघिय सरकारकाे आँखै अगाडिकाे अस्पतालमा कार्यरत कर्मचारीकाे याे अबस्था छ भने दूर दराजका स्वास्थ्यकर्मीकाे वेदना के हाेला ?

काेराेना संक्रमण नियन्त्रणमा खटिएका दुर दराजका स्वास्थ्यकर्मीले कुन मनाेवलले काम गरिरहेका हाेलान ? संघीय शासन प्रणाली अनुसार देशमा ७ सय ५३ स्थानीय तह छन् । ती स्थानीय अधिकांश भवन भाडामा सञ्चालन गरिएकाे छ । तर, सरकारले यसै हप्ता सबै स्थानीय तहमा ५ देखि १५ शैयाका अस्पताल स्थापना गर्ने निर्णय सरकारले गरेकाे छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीकाे विषेश पहलमा संभाब्यता अध्ययनसहित यही मंसिर १५ गते सबै स्थानिय तहमा स्थापना हुने अस्पतालकाे शिलन्यासकाे कार्यतालिका तय भैसकेकाे छ । सरकारी जग्गा र भवन अवभावका कारण भाडामा रहेका स्थानीय तहले अस्पताल भवन कहाँ बनाउने र शिलन्यास कहाँ गर्ने हाे भन्ने अन्याेल छ ।

सम्बन्धित समाचार

कांग्रेस नागर्जुन सभापतिमा राजेन्द्र बुढाथोकी विजयी
कांग्रेस नागर्जुन सभापतिमा राजेन्द्र बुढाथोकी विजयी
  • २०७७ मंसिर ८, १६: ३९

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत काठमाडौंको नागार्जुन नगर सभापतिमा राजेन्द्र बुढाथोकी विजयी भएका छन्। नागार्जुन नगरको तेस्रो नगर अधिवेशनअन्तर्गत...

नेपाली कांग्रेसको १५औं महाधिवेशन : ५१२ पालिकामा अधिवेशन सम्पन्न
नेपाली कांग्रेसको १५औं महाधिवेशन : ५१२ पालिकामा अधिवेशन सम्पन्न
  • २०७७ मंसिर ८, १६: ३९

काठमाडौं : नेपाली कांग्रेस को १५औँ केन्द्रीय महाधिवेशन अन्तर्गत देशभर पालिका तहका अधिवेशन सुरु भएका छन्। पार्टी केन्द्रीय कार्यसमितिको निर्णयअनुसार...

शुक्रबारदेखि भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह
शुक्रबारदेखि भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह
  • २०७७ मंसिर ८, १६: ३९

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबारदेखि आइतबारसम्म देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै बाढी, पहिरो, डुबान...