अर्थमन्त्रीकाे ओठे निर्देशन बीमा कम्पनीले किन मान्दैनन ? – Naya Bikalpa
June 25, 2026, Thursday      Epaper

अर्थमन्त्रीकाे ओठे निर्देशन बीमा कम्पनीले किन मान्दैनन ?

नयाँ विकल्प

काठमाडौँ– बालुवाटार काण्डका मुख्य याेजनाकार भनिएका अर्थमन्त्री विष्णु पाैडेलकाे निर्देशन विमा कम्पनीले किन मान्नु ? उनै अर्थमन्त्रीले पटक पटक दिएकाे ओठे निर्देशन विमा मालिकले पटक पटक लत्याउँदै आएका छन् । उदाहरण खाेज्न टाढा जानै पर्दैन् ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यसहित १०० जनप्रतिनिधि र कर्मचारीलाई कोरोना भाइरस पोजेटिभ भई बीमा दाबी गरे पनि दुई महिना पुग्दासम्म रकम भुक्तानी हुनसकेको छैन ।

दुई महिनाअघि नै रकम भुक्तानीका लागि कागजातसहित बीमा संस्थानमा आवेदन दिएको भए पनि महानगरपालिकाका कसैको पनि बीमा गरेवापत पाउनुपर्ने रकम प्राप्त नभएको गुनासो छ । परीक्षणमा पोजेटिभ देखिएकामध्ये ४० जनाको बीमा दाबी भुक्तानी भएको छ भने अन्य ६० जनाको कागजात मिलाउने प्रक्रियामा रहेका महानगरका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए ।

महानगरपालिकाले आफ्ना जनप्रतिनिधि, कर्मचारी र सामाजिक परिचालक गरी एक हजार ९८२ को गत जेठ तेस्रो साता बीमा गराएको थियो । जसमा जनप्रतिनिधि र सबै कर्मचारीको (स्थायी, अस्थायी, करार र सामाजिक परिचालक, पत्रकार÷सञ्चारकर्मी, स्वास्थ्यकर्मी, नगर प्रहरी) बीमा गराएको हो ।

महामारी नियन्त्रणको काम गर्दा उत्पन्न हुनसक्ने जोखिममा धेरै थोरै जति भए पनि क्षतिपूर्ति निश्चित गराउन र उक्त समयमा काम गर्नाका लागि उच्च मनोबल प्राप्त होस् भनी महानगरले सामूहकरूपमा बीमा गरिदिएको प्रवक्त डङ्गोलको भनाइ छ ।

बीमा भएको समयमा गरिएको सम्झौताअनुसार आगामी वर्ष २०७८ जेठ २२ गतेभित्र बीमित व्यक्तिमा पिसिआर रिपोर्टमा पहिलोपटक पोजेटिभ देखिए महानगरको सिफारिसमा रु एक लाख प्राप्त हुनेछ । समयमा महानगरले प्रतिव्यक्ति रु ६०० शुल्क तिरेर एक वर्षका लागि बीमा गराएको हो ।

सम्बन्धित समाचार

क्रियाशील सदस्यता वितरण तीव्र बनाइएको छ, असोजमै महाधिवेशन हुन्छ : डा. डिला संग्रौला
क्रियाशील सदस्यता वितरण तीव्र बनाइएको छ, असोजमै महाधिवेशन हुन्छ : डा. डिला संग्रौला
  • २०७७ पुष ४, १७: ४३

धनकुटा : नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीको निर्धारित महाधिवेशन आगामी असोजमै सम्पन्न हुने बताउँदै त्यसको तयारीस्वरूप देशभर क्रियाशील...

नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन : मन्त्री पोखरेल
नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन : मन्त्री पोखरेल
  • २०७७ पुष ४, १७: ४३

काठमाडौं : शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डले नतिजा समयमै प्रकाशन गर्न कुनै हतार नगरेको स्पष्ट पारेका छन् ।...

रास्वपाको दोस्रो चरण निर्वाचन तालिका सार्वजनिक, राति सवा ९ बजेदेखि मतदान
रास्वपाको दोस्रो चरण निर्वाचन तालिका सार्वजनिक, राति सवा ९ बजेदेखि मतदान
  • २०७७ पुष ४, १७: ४३

चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो चरणअन्तर्गत पार्टी पदाधिकारी निर्वाचनको तालिका सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन आयोगका...