
नयाँ बिकल्प,
काठमाडौं । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेतृत्व गरेको नेकपाले बिहीबार आयोजना गरेको आम हड्तालका कारण देशको जनजीवन अस्तव्यस्त बनेको छ ।
नेकपाको प्रचण्ड–माधवसहित सो समूहका नेताहरु देशभरका विभिन्न जिल्लामा बन्द आव्हान गर्दै सडकमा निस्किएका छन् । बन्दको आव्हान गर्दै हिँड्ने नेकपा प्रचण्ड माधव समूहका कार्यकर्तालाई प्रहरीले मुलुकका विभिन्न भागबाट नियन्त्रणमा समेत लिएको छ ।
नेकपा प्रचण्ड–माधव समूहका दुवै अध्यक्षहरु बिहीबार दिउँसो हड्तालको कार्यक्रममा सक्रिय सहभागी हुन राजधानीका विभिन्न भागका चौक र सडमा आफै उपस्थित भएका थिए ।

आम हड्तालको दिन बिहीबार बिहान बन्दकर्ताहरुले राजधानीको गङ्गबुमा एक भाडाको ट्याक्सीमा आगजानी गरेका थिए । त्यस्तै, चितवनमा चार वटा ट्रकमा र झापाको बिर्तामोडमा एक निजी सवारीलाई तोडफोड गरी क्षति पुर्याएका छन् ।

प्रहरीले राजधानीको कलंकीबाट नेकपा नेतृ अष्टलक्ष्मी शाक्यलाई बिहानै नियन्त्रणमा लिएको थियो । प्रहरीले काठमाडौंबाट ७६जना र भक्तपुरबाट १ जनालाई गिरफ्तार गरेको छ ।

जनकपुरमा दुई पूर्वमन्त्रीसहित दर्जनौं घाईते
प्रदर्शनकारीलाई विहीबार दिउँसो प्रहरीले रोक्न खोज्दा जनकपुरधामको शिव चौकमा नेकपाको दाहाल नेपाल समूहका प्रदर्शनकारी तथा प्रहरी बिच झडप भएको छ । झडपमा २ पूर्वमन्त्री सहित १४ जना घाइते छन् ।

प्रहरीको लाठीचार्जबाट पूर्वमन्त्रीद्वय रामचन्द्र झा, मातृका यादव, शहीदनगर नगरपालिकाका प्रमुख उदय बरबरिया घाइते भएका छन् । पूर्वमन्त्री झा र शहीदनगर नगरपालिकाका प्रमुखलाई टाउकोमा र पूर्वमन्त्री मातृकालाई दायाँ खुट्टामा चोट लागेको हो ।
पूर्वमन्त्री झाको उपचारमा संलग्न चिकित्सकका अनुसार उनको टाउकोमा ६ वटा टाँका लागेको छ । झडपमा परेर प्रहरी जवान लालबाबु राय समेत घाइते भएका छन् ।

घाइते हुनेहरुमा विदेह नगरपालिका मावि ठाडीका शिवकुमार गोइत, शहीदनगर नगरपालिकाका सुरेश कापर, नेकपाका जिल्ला कमिटी सदस्य कारीराम यादव, हंसपुर नगरपालिकाका प्रदीप साह, शहीदनगरका रुपेश विराजी, जनकपुरका उमेशकुमार साह, विदेह नगरपालिका रञ्जित पाण्डे, युवा संघका जिल्ला सदस्य अपराजय मण्डल र शहीदनगरका सुभाष मण्डल र सवरजु विराजी छन् ।
प्रचण्ड, माधवसहित को कहाँ खटिए ?
बिहीबारको आम हड्तालको दिन नेकपा अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्ड खुमलटारबाट गाडीमा चढेर सातदोबाटो, कोटेश्वरहुँदै पुल्चोक गएका थिए । आफैंले आयोजना गरेको बन्दको क्रममा उनले बा. १७ च ३०७१ को ल्याण्ड क्रुजर गाडी चढेर प्रचण्डले आम हड्ताल सफल बनाउन कार्यकर्ताहरुलाई निर्देशन दिएका थिए ।
अर्का अध्यक्ष माधव नेपाल भने केही ठाउँमा गाडी र केही ठाउँमा कार्यकर्ताको स्कुटरमा चढेर आम हड्तालको अनुमगन तथा धर्नामा सहभागी भएका थिए ।
आमहड्ताल सफल बनाउन प्रचण्ड माधव समूहले काठमाण्डौका प्रमुख स्थानका लागि कमाण्डर नै तोकेको थियो । जस अनसार युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य कलंकीमा तोकिएकामा शाक्यलाई बिहानै प्रहरीले पक्राउ गरेको थियो ।
स्थायी समिति सदस्यहरु बेदुराम भुसाल बल्खु, देव गुरुङ सातदोबाटो, लीलामणि पोखरेल कोटेश्वर, हरिबोल गजुरेल र बर्षमान पुन चावहिल, शक्ति बस्नेत महारागञ्ज, भीम रावल गोंगबु, रघुजी पन्त बालाजु, नारायणकाजी श्रेष्ठ र जनार्दन शर्मा रत्नपार्क र पम्फा भुसाललाई पुल्चोकको कमाण्डरको जिम्मेवारी दिइएको थियो ।
तुलसीपुर (दाङ) : दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित कृत्रिम ड्याम निर्माण भएपछि स्थानीय किसानहरूका लागि सिंचाइ सुविधामासहजता...
काठमाडौं : बडादसैंको टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम जारी रहेको छ। विजयादशमीका...
काठमाडौं : चीनको तिब्बतस्थित पहाडी क्षेत्रमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा १६ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते...