आफुलाई सिध्याउन रामकाे जन्मभुमिबारे ओलीले राजनीति प्रचार गरिरहेका छन्ः प्रचण्ड – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

आफुलाई सिध्याउन रामकाे जन्मभुमिबारे ओलीले राजनीति प्रचार गरिरहेका छन्ः प्रचण्ड


नयाँ विकल्प

भरतपुर- नेकपाकाे प्रचण्ड नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले आफुमाथी राजनीतिक प्रतिशाेध साध्नकालागि रामकाे जन्मभुमिकाे कुरा जाेडताेडका साथ बाहिर ल्याएकाे बताएका छन् ।

उनले राजनीति गर्नका लागि र प्रचण्ड सिध्याउने अभियानका लागिमात्रै ओलीले यस्ताे प्रचार गरेको आरोप लगाए। प्रचण्ड’ले माडीमा राम जन्मिएको पुष्टि भए सबभन्दा बढी खुसी आफू नै हुने बताएका छन्।

मंगलबार चितवनमा पत्रकारसँगको अन्तर्क्रियामा उनले पहिले पुरातत्व अन्वेषणबाट राम जन्मिएको पुष्टि गरिनु पर्ने बताए। ‘पुरातत्व अन्वेषणबाट त्यो प्रमाणित भयो मेरो निर्वाचन क्षेत्रमा अयोध्या हो, मेरै निर्वाचन क्षेत्रमा राम जन्मिएको हो भन्ने पुष्टि भयो, त्यसलाई स्थापित गर्न सकियो भने नेताहरूमध्ये सबैभन्दा खुसी मेरै भागमा पर्छ नि त। म त्यसको किन विरोध गर्ने?,’ उनले भने, ‘प्रचण्ड सिध्याउन त्यो ल्याएँ भन्ठान्नुभएको छ उहाँ, प्रचण्ड त झन् खुसी हुन्छ नि आफ्नो निर्वाचन क्षेत्रमा अयोध्या र राम जन्मिएको प्रमाणित भएमा।’

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले राम मन्दिरको कुरा राजनीति गर्नका लागि र प्रचण्ड सिध्याउने अभियानका लागिमात्रै गरेको आरोप लगाए। ‘मेरो चुनौती के हो उहाँलाई भने तपाईं त्यस्तो कुरो त बडो ब्लफ दिनुभएको छ, पुरातात्विक अन्वेषण गरेर त्यसलाई स्थापित र प्रमाणित गर्न तपाईंले के गर्नुभो? त्यहाँचाहिँ एउटा माखो नमार्ने, सिन्को नभाँच्ने, होहल्लाचाहिँ ठूलो गर्ने?’ प्रचण्डले भने, ‘होहल्ला नगरेर प्रमाणित गर्न लाग्नुस् सबैभन्दा अगाडि बढेर तपाईंलाई सहयोग गर्छु भन्या छु मैले।’

उनले राम मन्दिरको कुरामा राजनीति गरेर प्रचण्ड सिध्याउने अभियान चलाउँछु भन्ठाने ओली आफैं गड्डामा पर्ने बताए। गत माघ १७ गते चितवनमा गरिएको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले रामको जन्मभूमि अयोध्यापुरी हो भन्न प्रचण्डलाई कसले रोक्यो भन्ने प्रश्न गरेका थिए। उनले प्रचण्डको चुनाव प्रचारका लागि माडी जाँदा आफूले माडीलाई मणि बनाउने उद्घोष गरे पनि प्रचण्ड नै ‘कुहिएको आलु’ निस्किएपछि आफूले केही गर्न नसकेको बताएका थिए। त्यसको केही दिनमै ओलीले राम मन्दिरका लागि आफैंले निर्माण गर्न लगाएको राम र सीताको मूर्ति बालुवाटारमा सार्वजनिक गरेका थिए। यस विषयमा प्रतिक्रिया दिँदै प्रचण्डले माडीलाई मणि बनाउने अभियानमा प्रधानमन्त्रीले साथ नदिएको दाबी गरे।

‘उहाँले भनेको सबै कुराको त म जवाफ दिन चाहन्नँ। उहाँ चितवनको विकास रोक्न बल गर्नुहुन्थ्यो, म ल्याउन बल गर्थें। हामीले जित्यौं, चितवनका जनताले जित्या हो र सिटीहल र ६ लेनको सडक आइपुग्या हो,’ उनले भने, ‘माडीलाई मणि बनाउने कुरा हामीले गरेकै हो। जति गर्नुपर्ने हो त्यो नभएकोमा पनि उहाँ नै मुख्य दोषी हुनुहुन्छ। विकास विरोधी सोचका बाबजुद् पनि माडी विकास भइरहेको छ।’ पूर्वप्रधानमन्त्री प्रचण्डले माडीमा बिचल्लीमा रहेका चेपाङलाई वैकल्पिक व्यवस्था गर्नुपर्ने बताए।‘म प्रधानमन्त्री भएको भए तुरुन्तै गर्थें।

अहिले तपाईंले गर्नुभएन भनेर महलाई नसोध्नु,’ उनले भने। उनले सुकुम्बासीको बसोबासको सवालमा धेरै गर्न खोज्दा प्रचण्डले कृषि र भूमिको विषयमा क्रान्ति ल्याउने भयो भन्ने ठानेर आफू निकटका मन्त्रीलाई हटाइदिएको आरोप लगाए। ‘सबैभन्दा इमान्दार मन्त्रीलाई हटाएर आफ्ना मान्छेलाई मन्त्री बनाउनुभयो। अहिले एकलौटी आयोग कब्जा गरेर किसानलाई भ्रम दिन सक्छु भन्ने ठान्नुभएको छ,’ प्रचण्डले भने, ‘यस्तो जालझेल नगरे हुन्थ्यो भन्ने मेरो सुझाव सधैँ रहन्छ।’

प्रचण्डले भरतपुरमा बन्दै गरेको सिटी हल, ६ लेन सडक विस्तारलगायतका कामको अनुगमन गरेका थिए। यी दुई योजनाको गत माघमा प्रधानमन्त्री ओलीले शिलान्यास गरेका थिए। पछिल्लो समय नेकपाको ओली र प्रचण्ड-नेपाल समूहका बीच चितवनमा भइरहेको विकासका काममा जस लिने होडबाजी चहिरहेको छ।

सम्बन्धित समाचार

शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत
शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत
  • २०७७ फाल्गुन ४, १२: ३८

काठमाडौँ : चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व संकलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल...

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
  • २०७७ फाल्गुन ४, १२: ३८

काभ्रेपलाञ्चोक : स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि १५ दिन रातको समयमा सवारीसाधन आवागमनमा रोक...

मानवअधिकार आयोगसँग जेनजी आन्दोलनको प्रतिवेदन माग्दै ओलीले पठाए पत्र
मानवअधिकार आयोगसँग जेनजी आन्दोलनको प्रतिवेदन माग्दै ओलीले पठाए पत्र
  • २०७७ फाल्गुन ४, १२: ३८

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मानवअधिकार आयोगमा भदौ २३ र २४ गते भएका घटनासम्बन्धी अनुसन्धान प्रतिवेदन,...