कुर्सी जाेगाउन टिकापुर नरसंहारका नाइकेलाई उन्मुक्ति दिने तयारीमा प्रधानमन्त्री ओली ! – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

कुर्सी जाेगाउन टिकापुर नरसंहारका नाइकेलाई उन्मुक्ति दिने तयारीमा प्रधानमन्त्री ओली !


नयाँ विकल्प


काठमाडाैं- शनककाे भरमा प्रतिनिधि सभा विघटन गर्दै दुइतिहाई नजिककाे समर्थन गुमाएर अल्पमतमा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नाे पद जाेगाउँन नरसंहारका नाइकेलाई उन्मुक्ति दिने तयारीमा लागेका छन् ।


२०७२ भदौ ७ गते थरुहट–थारुवान आन्दोलनको नाममा प्रहरीमाथी आन्दाधुन्द आक्रमणमा उत्रिएकाे रेशम चाैधरी नेतृत्वकाे समुहले एक नाबालक तथा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरिक्षक ( एसएसपी ) लगायत सात प्रहरीको बाँसकाे भाटा घरेलु हतियार प्रयाेग गरि हत्या गरेकाे थियाे ।

उक्त घटनालाइ टिकापुर नरसंहारका रूपमा चित्रण गरिन्छ । यसकाे मुख्य याेजनाकार रेशम चाैधरी हुन् । चाैधरीकाे मुद्दा फिर्ता लिने र जनता समाजवादी पार्टीलाइ सरकारमा सहभागी बनाउने बारे ओलीले गृहकार्य तिव्र पारेका छन् ।

विहिबार प्रधानमन्त्री निवास बालुवाटारमा जसपाका नेता र ओली विच यस विषयमा छलफल भएकाे छ । स्राेतका अनुसार आफु नेतृत्वकाे सरकारलाइ समर्थन दिएमा जसपालाइ सरकारमा सहभागी बनाउने र टिकापुर घटनाका मुख्य आराेपी रेशम चाैधरी लगायत २६ जनाकाे मुद्दा फिर्ता लिन प्रधानमन्त्री ओली तयार रहेका छन् ।

छलफलमा सहभागी राजपाका नेताहरूले टिकापुर लगायत मधेश आन्दाेलनमा जेलमा रहेका र मुद्दा खेपिरहेकाहरूकाे समेत मुद्दा फिर्ता लिएमा सरकारलाइ समर्थन गर्न सक्ने सर्त अघि सारेका छन् ।

टिकापुर नरसंहारका मुख्य याेजनाकार रेशम चौधरी दाेषी ठहर भइ काठमाडौंको डिल्लीबजारस्थित सदरखोर जन्मकैदकाे सजाय भाेगिरहेका छन् । टिकापुर नरसंहारमा चौधरीसहित २६ जनालाई विभिन्न मुद्दा चलाई पुर्पक्षको लागि कारागार चलान गरिएको छ। घट्नामा संलग्न भ मध्ये २२ जना अझैँ फरार छन्। उनीहरू विरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी मुद्दा चलाएको छ।

के हो टीकापुर हत्याकाण्ड ?

संविधान सभाकाे निर्वाचन पछि संविधान निर्माण चलिरहेका बेला सुदूपश्चिममा थरुहट र अखण्ड सुदूरपश्चिमको नाममा आन्दोलन चर्किरहेको थियो । अर्कातिर त्यहाँका थारु समुदायले सुदूरपश्चिम तराईका कैलाली र कञ्चनपुर मिलाएर थरुहट प्रदेश बनाउन भन्दै आन्दोलन चर्काएका थिए ।

आन्दोलन चलिरहेका बेला थारु समुदायले कैलालीको टीकापुरस्थित सरकारी कार्यालयमा थारुवान प्रदेशको बोर्ड टाँस्न खोजेका थिए । त्यही क्रममा बोर्ड टाँस्न खोज्ने थारु समुदाय र अखण्ड सुदूरपश्चिम पक्षधरबीच तनाव चुलिइरहेका बेला २०७२ साल भदौ ७ गते टीकापुरमा ८ जनाको सामूहिक हत्या भएको थियो ।

सेती अञ्चल प्रहरी कार्यालयका तत्कालीन एसएसपी लक्ष्मण न्यौपानेसहितको टोली सुरक्षाका लागि तैनाथ भएको थियो । थारु समुदायको उत्तेजित भिडले प्रहरीमाथि आक्रमण गर्याे । आन्दोलनकारीले प्रहरीको टोलीमाथि तरबार, भाला र अन्य घरेलु हतियारले आक्रमण गरे ।

उत्तेजित भिडकाे आक्रमण परि एसएसपी न्यौपानेसहित आठजना र एकजना दुधे बालकको आन्दोलनकारीले हत्या गरे । मुख्य योजनाकार रेशम चौधरी उक्त नरसंहारपछि फरार भए । भारतमा लामाे समय लुकेर बसेका उनी कैलाली १ बाट प्रतिनिधि सभामा विजयी भए ।टीकापुरसहितको भूगोलबाट पाएको भारी मतले उनी प्रतिनिधिसभामा २० हजार ९ सय ३५ को फराकिलो अन्तरले निर्वाचित भए ।

चुनाव जितेकाे झण्डै २ बर्षपछि आत्मसमर्पण गरेका उनी दाेषी ठहर भइ हाल डिल्ली बजार कारागारमा कैद भुक्तान गरिरहेका छन् । उनले सांसद पदको सपथ पनि खाइसकेका छन् ।
आत्समर्पण गरेसँगै उनले कैलाली कारागारमै सांसद पदमा सपथ खुवाउनुपर्ने माग गर्दै अनशन बसे । अनशनकै क्रममा बिरामी परेपछि रेशमलाई काठमाडौँ ल्याइयो । काठमाडौँ ल्याएपछि उनलाई तत्कालिन सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभा सदस्यको शपथ खुवाएका थिए ।

किन छाडिदै छन नससंहारका नाइके रेशम चाैधरी ?

विहिबार प्रधानमन्त्री केपी शर्मा ओली जनता समाजवादी पार्टी (जसपा) बिचकाे छलफल भएसंगै जसपाले आज दिउँसो १ बजे सिंहदरबारस्थित संसदीय दलको बैठक बाेलाएकाे छ । नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले नेकपा विभाजनसंगै बहुमत गुमाएको छ ।

यधपी सरकार सहयात्री दल नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता अहिले सम्म फिर्ता लिएकाे छैन् । उसले उपयुक्त समयमा समर्थन फिर्ता लिने बताइसकेकाे छ । माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि ओलीलाई बहुमत जुटाउन अर्को दलको साथ चाहिन्छ।

विहिबार बालुवाटारमा भएकाे भेटमा प्रधानमन्त्री ओलीले सरकार टिकाइराख्न जसपाले राखेकाे माग पुरा गर्न तयार रहेकाे बताएका छन् । जसमा जसपाले मुख्य माग जेलमा रहेका सांसद रेशम चौधरीलाई छोड्ने, नेता/कार्यकर्तालाई लगाइएको मुद्दा फिर्ता लिने र संविधान संशोधन गर्नुपर्ने सर्त राखेकाे छ ।

प्रधानमन्त्री केपी सर्मा ओलीकाे मुख्य याेजनमा समाजवादी पार्टी फुटाउँन संसद अपहरण गरिएपछि राजपा र समाजवादी पार्टीको गत वैशाख १० मा एकिकरण भएका थिए । जनता समाजवादी दलमा जसपामा ३४ मध्ये अहिले ३२ सांसद छन्। दुई सांसद निलम्बनमा छन्।

सम्बन्धित समाचार

समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
  • २०७७ फाल्गुन २८, १३: ३३

वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०७७ फाल्गुन २८, १३: ३३

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०७७ फाल्गुन २८, १३: ३३

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...