
नयाँ विकल्प,
काठमाडाैं-बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको प्रयास (बिमस्टेक) को १७औं परराष्ट्रमन्त्रीस्तरीय बैठक भोलिदेखि सुरु हुने भएको छ ।
बिमस्टेकमा भारत, नेपाल, बंगलादेश, श्रीलंका, म्यानमार, थाइल्यान्ड र भुटान सदस्य मुलुक छन् । बिमस्टेकको शिखर सम्मेलन पछिल्लो पटक सन् २०१८ मा नेपालमा भएको थियो ।
त्यसयता अर्को सम्मेलन हुन सकेको छैन । आज भर्चुअल रुपमा परराष्ट्र सचिवस्तरीय बैठक हुने भएको छ । बिमस्टेकका सदस्यहरु भारत, थाइल्याण्ड लगायत मुलुकले भने म्यान्मारमा सैन्य शासनको बारेमा आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।
नेपालले भने विज्ञप्ति नै जारी गरेर जनभावनाअनुसार अघि बढ्न सुझाएको थियो । परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा सबै पक्षले म्यान्मारका जनताको इच्छालाई सम्मान गर्ने र प्रजातान्त्रिक तथा संवैधानिक प्रक्रिया शीघ्र पुनः स्थापित हुने विश्वास व्यक्त गरेको उल्लेख छ ।
बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...
काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...