फुटकाे संघारमा एमाले, छुट्टै पार्टी कार्यालय खाेज्दै नेपाल-खनाल समूह ! – Naya Bikalpa
November 7, 2026, Saturday      Epaper

फुटकाे संघारमा एमाले, छुट्टै पार्टी कार्यालय खाेज्दै नेपाल-खनाल समूह !


नयाँ विकल्प,


काठमाडाैं- नेपाल कम्यूनिष्ट पार्टी एमाले फुटकाे संघारमा पुगेकाे छ ।

पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले समुहले वरिष्ठ नेता माधब कुमार नेपाल, भिम रावल, घनश्याम भुषाल तथा सुरेन्द्र पाण्डेलाइ साधारण सदस्यताबाटै ६ महिनाकालागि निलम्बन गरेसंगै वरिष्ट नेता माधवकुमार नेपाल- झलनाथ खनाल समूहले छुट्टै नयाँ पार्टी गठन गर्ने अन्तिम तयारीमा पुगेका हाे ।

नेता नेपाल- खनाल समुहले समानान्तर कमिटि गठन प्रक्रियालाई तिब्रता दिएका छन्। फुटकाे संघारमा रहेकाे एमालेकाे नेपाल- खनाल समूहले समानान्तर कमिटी अन्तर्गत प्रदेशमा संयोजक तोकिसकेको छ।

नेता सुरेन्द्र पाण्डेलाई गण्डकी प्रदेशको , भीम आचार्य प्रदेश १, घनश्याम भुसाललाई प्रदेश २, अष्टलक्ष्मी शाक्यलाई बागमती, युवराज ज्ञवालीलाई लुम्बिनी र कर्णाली तथा भीम रावललाई सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी दिइसकेकाे छ ।

रघुजी पन्तले युवा, गोकर्ण विष्ट विद्यार्थी, प्रमेश हमाल बुद्धिजीवी र योगेश भट्टराईले प्रचार विभाग प्रमुखको जिम्मेवारी पाइसकेका छन्। यससंगै नेपाल – खनाल समूहले ७७ वटा जिल्ला कमिटीमा समेत समानान्तर विस्तार गर्दै लगेका छन् ।

जिल्ला र प्रदेशमा मात्र नभएर खनाल–नेपाल समूहले जनवर्गीय संगठनमा पनि समानान्तर कमिटी बनाउन सुरू गरिसकेको छ। काठमाडौंमा चैत ४ र ५ को राष्ट्रिय कार्यकर्ता भेलापछि यो समूहले विद्यार्थी, महिला, युवा संघको राष्ट्रिय भेला गरेर केन्द्रीय कमिटी बनाइसकेको छ।

याे समुहले छुट्टै पार्टी कार्यालय खाेल्ने तयारी गरेकाे छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वेच्छाचारी रूपमा पार्टी र सरकार चलाएकाे र कम्यूनिष्ट आन्दाेलन नै समाप्त पार्न लागेकाे भन्दै उक्त समुहले नयाँ सिराबाट आन्दाेलनलाइ अगाडी बढाउनु पर्ने भन्दै सबैलाइ एकतावद्व हुन समेत आग्रह गरेकाे छ

सम्बन्धित समाचार

डा. गोविन्द केसी र सरकारबीच ६ बुँदे सहमति, तोडियो अनशन
डा. गोविन्द केसी र सरकारबीच ६ बुँदे सहमति, तोडियो अनशन
  • २०७७ चैत्र २०, ११: १३

काठमाडौं : सरकार र अनशनरत डा. गोविन्द केसीबीच ६ बुँदे सहमति भएको छ । सहमतिसँगै शनिबार राति डा. केसीले आफ्नो...

प्रेस स्वतन्त्रताका पक्षमा छठपछि चरणबद्ध आन्दोलन गर्ने पत्रकार महासंघको निर्णय
प्रेस स्वतन्त्रताका पक्षमा छठपछि चरणबद्ध आन्दोलन गर्ने पत्रकार महासंघको निर्णय
  • २०७७ चैत्र २०, ११: १३

काठमाडौं : नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र आफ्ना माग पूरा गराउन छठ पर्वपछि चरणबद्ध आन्दोलन गर्ने...

कांग्रेसले बाढीपहिरो प्रभावित रसुवा, धादिङ र नुवाकोटमा पुनर्स्थापना अभियान चलाउने
कांग्रेसले बाढीपहिरो प्रभावित रसुवा, धादिङ र नुवाकोटमा पुनर्स्थापना अभियान चलाउने
  • २०७७ चैत्र २०, ११: १३

काठमाडौं : नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीपहिरोबाट प्रभावित रसुवा, धादिङ र नुवाकोटका नागरिकको पुनर्स्थापना तथा पुनर्निर्माणका लागि अभियान सञ्चालन गर्ने भएको...