असारसम्म कर्मचारीलाई झिटिगुण्टा बोकेर पठाउँछुः पण्डित – Naya Bikalpa
October 14, 2026, Wednesday      Epaper

असारसम्म कर्मचारीलाई झिटिगुण्टा बोकेर पठाउँछुः पण्डित

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले आगामी असारसम्म दश हजार कर्मचारीहरुलाई प्रदेश र स्थानीय तहमा झिटीगुन्टा बोकेर पठाउने स्पष्ट पारेका छन् । उनले दश हजार कर्मचारीहरुलाई अब तोकिएको कार्यक्षेत्रमा पठाउने र जान नमान्नेलाई भने कारबाही गर्ने दाबी गरेका छन् । कार्यक्षेत्र जान नमान्ने कर्मचारीहरुलाई विदा गरेर घर पठाईदिने पण्डितले घोषणा समेत गरे ।

मन्त्री पण्डितले सरकारले संघीयताको व्यवस्थापनका लागि असार महिनाभित्र प्रशासनिक संक्रमणकाल अन्त्य गर्ने लक्ष्यका साथ काम गरिरहेको दाबीसमेत गरे । राजधानीमा आयोजित एक साक्षात्कार कार्यक्रममा पण्डितले प्रदेश र स्थानिय तहमा जाने कर्मचारीको उचित व्यवस्थापनका लागि सरकारले ९० प्रतिशत काम सम्पन्न गरिसकेको जानकारी दिए । उनले सरकारबारे नकारात्मक टिप्पणी नगर्न पनि चेतावनी दिए ।

संघीयताको व्यवस्थापनका लागि काम गरिरहँदा पनि सरकारलाई संघीयता विरोधीको आरोप लगाएकोमा मन्त्री पण्डितले आपत्ति जनाए । उनले अर्काे फरक प्रसंगमा आफ्नो सम्पत्ति विवरण चित्त नबुझे बैंक मै गएर हेर्ने छुट सबैलाई रहेको पनि स्पष्ट पारे । २०७० सालमा पहिलो पटक आफू मन्त्री भइसकेको र ससुरालीले दिएको जग्गा नै आफ्नो सम्पत्तिको स्रोत भएकाले यसमा अनावश्यक टिप्पणी नगर्न पनि उनले आग्रह गरे ।

सम्बन्धित समाचार

प्रस्तावित राजदूतमध्ये १० जनाको नाम अनुमोदन, साउदीका लागि प्रस्तावित राजदूत सुनारको अस्वीकृत
प्रस्तावित राजदूतमध्ये १० जनाको नाम अनुमोदन, साउदीका लागि प्रस्तावित राजदूत सुनारको अस्वीकृत
  • २०७५ जेष्ठ १४, ०८: ३८

काठमाडौं : विभिन्न देशका लागि सरकारले प्रस्ताव गरेका १३ जना राजदूतमध्ये १० जनाको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ...

रास्वपाका सुरूंगा नगर सभापति हुसेन लागूऔषध मुद्दामा पक्राउ
रास्वपाका सुरूंगा नगर सभापति हुसेन लागूऔषध मुद्दामा पक्राउ
  • २०७५ जेष्ठ १४, ०८: ३८

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सप्तरीको सुरूंगा नगरपालिका सभापति साविर हुसेन पक्राउ परेका छन् । हुसेनलाई बुधवार लागू औषध...

गृहमन्त्री गुरुङ र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता
गृहमन्त्री गुरुङ र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता
  • २०७५ जेष्ठ १४, ०८: ३८

काठमाडौं : गृहमन्त्री सुधन गुरुङ र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच बुधबार भेटवार्ता भएको छ । गृहमन्त्रीस्तरीय बिमस्टेक बैठकमा सहभागी हुन...