
नयाँ विकल्प,
काठमाडौं – एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचदुई घण्टा लामो छलफल भएको पनि विना निष्कर्ष टुङ्गोएको छ ।
भेटवार्ताअघि बुधबार दिउँसो ओली र नेपालबीच फोन संवादमा ओलीले गम्भीर सङ्कट आइलागेको बताएका उनले साँझको भेटमा पूर्ववत् अडानबाट पछि नहट्ने अडान राखेकाले आजको छलफल निष्कर्ष विहिन भएको हो ।
बैठकमा अध्यक्ष ओली पावर सेयरिङमा सहमत नभएपछि एमाले विवादमा कुनै प्रगति हुन नसकेको हो ।
मेरियटमा नेताहरुबीच भएको छलफलपछि पार्टी विवाद समाधान गर्न गठित कार्यदलका सदस्यहरु नेता भीम रावल र सुरेन्द्र पाण्डेले भेटवार्ताले समस्या समाधान गर्न सहज हुने प्रतिक्रिया मात्रै दिए ।
ओली र नेपाललाई कार्यदलका नेताहरु नेपाल पक्षका कार्यदल संयोजक भीम रावल, सदस्य सुरेन्द्र पाण्डे तथा ओली पक्षका कार्यदल संयोजक सुवास नेम्वाङ छलफलमा सहभागी भएका थिए ।
वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...
बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...