कांग्रेस सभापति देउवाले सानो आकारको मन्त्रिमण्डल गठन गर्दै – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

कांग्रेस सभापति देउवाले सानो आकारको मन्त्रिमण्डल गठन गर्दै

नयाँ विकल्प,

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबार सानो आकारको मन्त्रिमण्डल गठन गर्ने भएका छन् ।

सर्वोच्चको फैसला लगत्तै बसेको विपक्षी गठबन्धनको बैठकपछि प्रतिक्रिया दिँदै कांग्रेस नेता बालकृष्ण खाँणले भोली सानो मन्त्रीमण्डल गठन गर्ने बताएका हुन् ।

सानो आकारको मन्त्रिमण्डल गठनपछि दलहरुबीचको सहकार्यलाई अगाडि बढाउँदै लैजाने विषयमा छलफल भएको उनले बताए ।

खाँणले बैठकमा संविधान, लोकतन्त्र र संसद्को रक्षाका लागि सर्वोच्चले गरेको आदेश ऐतिहासिक भएको भन्दै स्वागत गरिएको र यसमा सहयोग पुराउनेलाई धन्यवाद पनि दिएको बताए ।

सम्बन्धित समाचार

भक्तपुरको सुधार गृहमा युवकको मृत्यु
भक्तपुरको सुधार गृहमा युवकको मृत्यु
  • २०७८ असार २८, २०: ४०

भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका–१, सिरुटारस्थित उत्साहित सुधार गृहमा एक युवकको मृत्यु भएपछि अवस्था तनावपूर्ण बनेको छ । सुधार गृहमा...

महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा तलमाथि हुँदैन : कांग्रेस सभापति थापा
महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा तलमाथि हुँदैन : कांग्रेस सभापति थापा
  • २०७८ असार २८, २०: ४०

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनका लागि तय गरिएको मिति कुनै पनि हालतमा परिवर्तन नहुने...

ग्यासको कालोबजारी रोक्न अनुगमन
ग्यासको कालोबजारी रोक्न अनुगमन
  • २०७८ असार २८, २०: ४०

काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...