
नयाँ विकल्प,
काठमाडौं – नेकपा एमालेका प्रवक्ता प्रदिपकुमार ज्ञवालीले सर्वोच्च अदालतको फैसलाले संसदीय प्रणालीका आधारभूत संरचनालाई खलबल्याउनुका साथै निर्दलीय व्यवस्था फेरि जस्केलाबाट प्रवेश गराउन खोजे बताएका छन् ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमालेको स्थायी कमिटी बैठकपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै प्रवक्ता ज्ञवालीले अदालतको फैसलाले लोकतान्त्रिक प्रणाली र ३२ वर्षअघि नै समाप्त पारेको निर्दलीय व्यवस्था फेरि ल्याउन खोजेको बताएका हुन् ।
‘सर्वोच्च अदालतको आजको फैसला र विशेष गरेर धारा ७६ को (५) को जुन ढंगले व्याख्या गरेको छ,’ उनले भने, ‘मैले दु:खका साथ भन्नुपर्छ ३२ वर्ष अगाडि हामीले समाप्त गरेको निर्दलीय प्रणाली जस्केलाबाट छिर्न थालेको आभास हामीलाई भएको छ।’
अदालतको फैसलाबारे पार्टीको औपचारिक दृष्टिकोण मंगलबारको स्थायी कमिटी बैठकले तय गर्ने प्रवक्ता ज्ञवालीले बताए ।
सर्वोच्च अदालतको फैसला जतिसुकै अप्रिय , त्रुटीपूर्ण भएपनि विधिको शासन पालना गर्ने पार्टी हुनुको नाताले फैसलाको कार्यान्वयन पार्टी गर्ने उनले बताए ।
‘राज्यका तीनवटा अंगहरु विधायिका, कार्यपालिका, न्यायपालिकाबीचको सन्तुलन र समन्वयले मात्रै लोकतान्त्रिक प्रणाली दिगो र टिकाउ हुन सक्छ,’ ज्ञवालीले भने, ‘आजको फैसलाले यो भने शक्ति सन्तुलनका पिल्लरहरुलाई एकदमै हल्लाइदिने काम गर्यो ।’
काठमाडौं । सर्पदंश र रेबिजको उपचारमा प्रयोग हुने एन्टिस्नेक भेनम सिरम तथा रेबिज इम्युनोग्लोबुलिन केन्द्रीय भ्याक्सिन स्टोर टेकुमा आइपुगेको छ।...
ललितपुर : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, संसदीय मर्यादा कायम राख्ने तथा विपद्मा परेका नागरिकको...
काठमाडौं : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री शाहले प्रदेश प्रमुख नजिर मियाँसमक्ष राजीनामापत्र बुझाएका...