
नयाँ विकल्प,
काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको वक्तव्यमा विवाद देखिएपछि शपथ ग्रहण कार्यक्रम ढिला गरी शुरु भएको छ ।
राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गरेको पत्रमा संविधानको कुरा धारा अनुसार नियुक्त गरेको भन्नेबारे नखुलाएपछि असन्तुष्ट बनेका देउवाले छलफल थाल्दा ढिला भएको हो ।
देउवाले नियुक्ति नसच्चिएसम्म शपथ नलिने अडान लिएपछि ६ बजे शुरु हुने भनिएको कार्यक्रम ८ बजेपछि मात्र शुरु भएको हो ।
पछि राष्ट्रपतिले प्रधानमन्त्रीको नियुक्तिसम्बन्धी भाषा सच्याएको र धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्त गरेपछि शपथ ग्रहण गरिएको हो ।
तर, त्यस्तो सच्चिएको नियुक्तिबारे कुनै विज्ञप्ति सार्वजनिक भएको छैन । राति अबेरसम्म राष्ट्रपति कार्यालयको वेबसाइटमा पुरानै विज्ञप्ति राखिएको छ ।
वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...
बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...