
नयाँ विकल्प,
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवालाई सबैभन्दा पहिला नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले बधाई दिएका छन् ।
राष्ट्रपति कार्यालय शीतलनिवासमा शपथ कार्यक्रम सकिनेबित्तिकै नेता नेपालले हात देउवालाई मिलाएर बधाई दिएका हुन् ।
त्यसलगतै क्रमशः माओवादी केन्द्रका पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेसका वरिष्ठ नेता नेता रामचन्द्र पौडेल, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, उपेन्द्र यादवलगायत देउवालाई बधाई दिएका थिए । तर, शपथ समारोहमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित थिएनन् ।
सर्वोच्च अदालतको सोमबारको फैसलापछि राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार देउवालाई संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।
काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...
काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले राज्य सञ्चालनमा सरकारले ढंग पुर्याउन नसकेको टिप्पणी गरेका छन्...
काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले खाना पकाउने ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन मन्त्रालयले पहल गरिरहेको...