निर्धारित समयमै महाधिवेशन सम्पन्न गर्ने कांग्रेस पदाधिकारी बैठकको निष्कर्ष – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

निर्धारित समयमै महाधिवेशन सम्पन्न गर्ने कांग्रेस पदाधिकारी बैठकको निष्कर्ष


नयाँ विकल्प,

काठमाडौं – नेपाली कांग्रेसको शुक्रबार बसेको बैठकले निर्धारित समयमै महाधिवेशन सम्पन्न गर्ने निष्कर्ष निकालेको छ ।

शुक्रबार अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले निर्धारित कार्यतालिका अनुसार महाधिवेशन सम्पन्न गर्ने निष्कर्ष निकालेको हो ।

आगामी भदौ १६–१९ का लागि कांग्रेस महाधिवेशनको मिति तोकिएको छ भने साउन १२ गतेबाट वडा अधिवेशन गर्ने भनिएको छ ।

कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतका अनुसार बैठकमा समायोजन समिति, निर्वाचन समिति र क्रियाशील छानविन समितिले कार्यप्रगति र समस्या सुनाएको थियो ।

बैठकले निर्वाचन समितिले चुनावको निर्देशिका बैठकमा प्रस्तुत गरेको थियो । सहमहामन्त्री सुनील थापाले संविधान, पार्टी विधान र नियमावलीसँग मिल्ने गरेर निर्देशिका संशोधन गर्ने निर्णय भएको जानकारी दिए ।


क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले ७५ जिल्लाको क्रियाशील सदस्यताको काम सकिएको बताएका थिए ।

दुई जिल्लाको समायोजन हुन बाँकी रहेको लेखकको भनाइ छ । आइतबारसम्म क्रियाशील सदस्यताको प्रतिवेदन सभापति समक्ष बुझाउने उनले बताए ।

सम्बन्धित समाचार

नेपाली कांग्रेसको अभियान तीव्र: भोजपुर र संखुवासभामा अन्तरसंवादमा सह-महामन्त्री डिला संग्रौलाको टोली सक्रिय
नेपाली कांग्रेसको अभियान तीव्र: भोजपुर र संखुवासभामा अन्तरसंवादमा सह-महामन्त्री डिला संग्रौलाको टोली सक्रिय
  • २०७८ श्रावण १, २०: २६

संखुवासभा : नेपाली कांग्रेसभित्र आन्तरिक सुधार, सुशासन र पार्टी रूपान्तरणको मुद्दालाई लिएर देशव्यापी अभियान तीव्र पारिएको छ। यसै क्रममा पार्टीका...

शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत
शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत
  • २०७८ श्रावण १, २०: २६

काठमाडौँ : चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व संकलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल...

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
  • २०७८ श्रावण १, २०: २६

काभ्रेपलाञ्चोक : स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि १५ दिन रातको समयमा सवारीसाधन आवागमनमा रोक...