अध्यादेशमार्फत एमाले फुटाउने षड्यन्त्र हुन सक्छ: अध्यक्ष ओली – Naya Bikalpa
August 12, 2026, Wednesday      Epaper

अध्यादेशमार्फत एमाले फुटाउने षड्यन्त्र हुन सक्छ: अध्यक्ष ओली

नयाँ विकल्प,


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले जे पनि गर्न सक्ने भएकाले सजग रहन निर्देशन दिएका छन् ।


अध्यादेश ल्याएर एमाले पार्टी फुटाउने षड्यन्त्र हुनसक्ने भन्दै सजग रहन पार्टी कार्यकर्तालाई आग्रह गरेको हुन् ।

शुक्रबार बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बसेको एमाले संसदीय दलको बैठकमा बोल्दै जस्केलाबाट आएकाकाले जस्केलाबाटै गतिविधि गर्ने भन्दै देउवा सरकारप्रति लक्षित गर्दै यस्तो बताएका हुन् ।

बैठकमा समसामयिक राजनीतिक विषयमा ब्रिफिङ गरेका ओलीले अब आफ्नो पार्टीले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका थिए ।

त्यसक्रममा उनले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालप्रति लक्षित गर्दै पार्टी विरोधी गतिविधि गर्नेहरु अपराधी भएको टिप्पणी गरेका थिए ।

ओलीले त्यस्ता गतिविधिमा संलग्नलाई पार्टीमा स्थान नहुने पनि दोहोर्याएका थिए ।

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको शुभकामना : युवाको ऊर्जा राष्ट्र निर्माणमा उपयोग गर्नुपर्नेमा जोड
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको शुभकामना : युवाको ऊर्जा राष्ट्र निर्माणमा उपयोग गर्नुपर्नेमा जोड
  • २०७८ श्रावण १, २०: ४३

काठमाडौँ ।  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा देशभरका युवालाई शुभकामना व्यक्त गर्दै युवाको ऊर्जा,...

गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित
गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित
  • २०७८ श्रावण १, २०: ४३

काठमाडौं । गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठकमा नेपाली कांग्रेसका सांसद निश्कल राईले गणपूरक संख्यामाथि प्रश्न...

अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
  • २०७८ श्रावण १, २०: ४३

काठमाडौं : विभिन्न कार्यक्रमका साथ आज देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको मूल नारा...