
नयाँ विकल्प,
ललितपुर – ललितपुर महानगरपालिकाको आर्थिक वर्ष २०७८र०७९ का लागि पाँच अर्ब ५५ करोड ५५ लाखको बजेट पारित भएको छ ।
महानगरपालिकाको सम्पन्न छैटौँ नगरसभाले सो बजेट पारित गरेको महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले जानकारी दिए ।
उनका अनुसार विनियोजित बजेटमध्ये चालू खर्चतर्फ ९१ करोड ६१ लाख ५७ हजार र पूँजीगत खर्चतर्फ तीन अर्ब २४ करोड ३० लाख रुपैयाँ छुट्याइएको छ ।
पूर्वाधार र मूर्त तथा अमूर्त सम्पदा संरक्षणलाई प्राथमिकतामा राखेको प्रमुख महर्जनले बताए ।
‘पूर्वाधार निर्माणसँगै मूर्त तथा अमूर्त सम्पदा संरक्षणलाई प्राथमिकतामा राखेका छौं’, उनले भने, ‘विकास सूचकांकको आधारमा महानगरपालिकाले वडालाई तीन भागमा वर्गीकरण गरेर बजेट विनियोजन गरेको छ ।’
वडालाई तीन भागमा वर्गीकरण गरेर बजेट विनियोजन
महानगरपालिकाले वडालाई तीन भागमा वर्गीकरण गरेर बजेट विनियोजन गरेको छ । १३ वटा वडालाई सबैभन्दा बढी तीन करोड २५ लाख, आठ वटा वडालाई दुई करोड ५० लाख र सातवटा वडालाई दुई करोड १५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
महानगरपालिकाका प्रमुख महर्जनका अनुसार वडा नं १२, १६, १८, २०, २१, २२, २३, २४, २५, २६, २७, २८ र २९ मा तीन करोड २५ लाख, बडा नं २, ३, ४, ५, ९, १३, १५ र १७ मा दुई करोड ५० लाख तथा वडा नं १, ६, ७, ८, १०, ११ र १९ मा दुई करोड १५ लाख रुपैयाँकादरले बजेट विनियोजन भएको छ ।
महानगरपालिका बनाउने क्रममा गाभिएका वडामा धेरै काम गर्न बाँकी रहेकाले बढी बजेट विनियोजन गरिएको प्रमुख महर्जनले बताए ।
यसैगरी महानगपालिकाले महानगरीय योजनाअन्तर्गत वडा नं ११ मा विद्युतीय शवदाह गृह निर्माणका लागि रु एक करोड बजेट विनियोजन गरेको छ । शवदाह गृह सञ्चालनका लागि शवदाह यन्त्र सहयोगस्वरुप प्राप्त गर्ने पनि उनले जानकारी दिए ।
काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...
काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले राज्य सञ्चालनमा सरकारले ढंग पुर्याउन नसकेको टिप्पणी गरेका छन्...
काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले खाना पकाउने ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन मन्त्रालयले पहल गरिरहेको...