काठमाडौं । नेपाल चिकित्सक संघले आमरण अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाका लागि विशेष पहल गर्न सरकारलाई आग्रह गरेको छ । तर डा. केसीले आफूसँग यसअघि सरकारले पटक पटक गरेको सहमति कार्यान्वयन नभएको र सहमति विपरित संसदको समितिले पास गरेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक आएको भन्दै केसी इलाममा अनसन शुरु गरेका छन् ।
सहमति कार्यान्वयनको माग राख्दै डा. केसी शुक्रबारदेखि इलाममा अनसनरत भए पनि सत्तारुढ नेकपाका सांसद भने उनको माग पुरा नगर्ने पक्षमा छन् । संसदको शिक्षा तथा स्वास्थ्य समितिका सदस्य समेत रहेका नेकपाको स्थायी समिति सदस्य योगेस भट्टराईले शनिबार नेकपा निकटका संचारकर्मीको गोप्य भेला बोलाएर केसीको अनसनको औचित्य नगरेको भन्दै अभियानमा लाग्न आग्रह समेत गरेका छन् ।
चिकित्सक संघले सहमति कार्यान्वयन गर्नुको साटो डा. केसीलाई चिढाउने गतिविधि गरेर सरकारले आफ्नो गरिमा र प्रतिष्ठामाथि आँच पु¥याएको ठहर गरेको भए पनि सत्तारुढ दल र सरकार भने विधेयकको बचाउ गर्दै र यसको पक्षमा प्रचार अभियानामा जुटेको छ ।
१६ औं पटक अनसनमा बस्दा डा. शारीरिक अवस्था अत्यन्त कमजोर रहेको र जनुसुकै बेला अप्रिय घटना घट्नसक्ने भन्दै संघका महासचिव डा. लोचन कार्र्कीले जीवन रक्षाका निम्ती विशेष पहल गर्न र अनसनलाई सदाका लागि अन्त्य गर्ने सुनिश्चित वातावरण तयार गर्न सरकारलाई आग्रह गरिरहेको बेला नेकपामा सांसदहरुले भने चिकित्सा शिक्षा विधेयकले केसीका सबै जसो माग पुरा गरेको बताएका छन् । उनीहरुले केसी कम्युनिष्ट बिरोधी भएको, नेकपाका अध्यक्ष तथा प्रधानमत्री केपी शर्मा ओली तथा अर्का अध्यक्ष प्रचण्डका बिरुद्धमा सुनियोजित ढंगले अघि बढेको आरोप लगाएका छन् ।
योगेस भट्टराईले पार्टीको तर्फबाट संचारकर्मीहरुलाई व्रिफिङ गर्दै शनिबार साँझ बागबजारको होटल हार्दिकमा भनेका थिए कि–डा. केसी २०६२÷०६३ सालको नागरिक समाजको आन्दोलनमा कहीँ थिएनन् । उनी राजतन्त्रको वकालत गर्ने अधिवक्ता सुरेन्द्र भण्डारीबाट संचालित छन् । गगन थापा मार्फतनै केसीका अभिव्यक्ति संसदमा मुखरित हुन्छन् ।
अब केसीले नन्दमाया अधिकारीको बिषय उछालेर संयुक्त राष्ट्रसंघमा उजुरी दिनेवाला छन र जहाजबाट अमेरिका पनि पु¥याउन सक्छन् । नेकपामा अधिकांस नेता र कार्यकर्ताको लगानी रहेको मनमोहन मेडिकल कलेज र झापाको बिर्तामोडस्थित बी.एण्ड.सी मेडिकल कलेज हाल संचालनमा भएका अन्य मेडिकल कलेजभन्दा उत्तम राम्रो भएको दाबी गर्दै योगेसले अव चिकित्सा बिधेयक पास भएपछि पुराना १३ वटा मेडिकल कलेजले मापदण्ड पु¥याएका छन कि छैनन भनेर छानबिन गर्ने बताए ।
उनले मुलुक निर्माण गर्दा कहिले काहीँ सरकारले लगानी भित्र्याउन कतिपय अवस्थामा आर्थिक स्रोतको खोजि समेत नगर्ने पनि बताए । उनले अधिकांश मेडिकल कलेजलाई कांग्रेसकी शिक्षा मन्त्री चित्रलेखा यादवको समयमा आसय पत्र दिइएको दाबी गरे ।
तुलसीपुर (दाङ) : दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित कृत्रिम ड्याम निर्माण भएपछि स्थानीय किसानहरूका लागि सिंचाइ सुविधामासहजता...
काठमाडौं : बडादसैंको टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम जारी रहेको छ। विजयादशमीका...
काठमाडौं : चीनको तिब्बतस्थित पहाडी क्षेत्रमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा १६ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते...