इन्जिनियरहरुलाई विकास निर्माण गर्दा गुणस्तरमा ठग्ने काम नगर्न प्रधानमन्त्रीको निर्देशन – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

इन्जिनियरहरुलाई विकास निर्माण गर्दा गुणस्तरमा ठग्ने काम नगर्न प्रधानमन्त्रीको निर्देशन

नयाँ विकल्प,

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विकास निर्माणको कामलाई गुणस्तरीय बनाउन सम्बन्धित सबै पक्षका इन्जिनियरलाई निर्देशन दिएका छन् । विकास निमार्णको काम गर्दा गुणस्तरमा ठग्ने काम भएको भन्दै देउवाले यसरी गुणस्तर ठग्ने काममा सम्लग्न भएको पाइए कारवाही गर्ने चेतावनीसमेत दिएका छन् ।

मंगलबार ६० औँं इन्जिनियर दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री देउवाले सरोकारवालाबीच समन्वय कायम गरी विकास, निर्माणको कामलाई गुणस्तरीय बनाउन सम्बन्धित सबै पक्ष सचेत भएर लाग्नुपर्ने बताए ।

उनले जनताको आवश्यक्ता अनुसार मुलुकको समृद्धिका लागि पूर्वाधार निर्माणका लागि इन्जिनियरहरुको भूमिका महत्वपूर्ण हुने भएकाले उनीहरु थप क्रियाशील भएर आफ्नो काममा लाग्नुपर्नेमा जोड दिए ।

देउवाले भने,‘राष्ट्रिय विकास र आर्थिक समृद्धिको बाटो कोर्न र जनताका आवश्यक्तालाई चाँडै सम्बोधन गर्न राज्यको परिकल्पना अनुसार विकास, निर्माणको लागि अग्रणी भूमिका निर्वाह गर्ने इन्जिनियर नै हुन् । सुविधासम्पन्न राष्ट्र निर्माणमा इन्जिनियरको योगदान अतुलनीय हुन्छ । समयको गतिसँगै यस पेशालाई थप व्यवसायिक र विशिष्ट बनाउँदै राष्ट्रिय आवश्यक्ता पूर्ति हुने गरी विकास गर्दै जानुपर्ने खाँचो छ । यसका लागि ठग्नेभन्दा इमान्दार भएर काम गर्ने बानिबसाल्नुस ।’

देशलाई समुन्नत र समृद्ध बनाउन सडक, पुलपुलेसा, जलविद्युत आयोजना, सूचना प्रविधिलगायत पूर्वाधारको विकासको आवश्यक्ता हुने प्रधानमन्त्री देउवाले स्पष्ट पारे । देशलाई समुन्नत र समृद्ध बनाउन सडक, पुलपुलेसा, जलविद्युत आयोजना, सूचना प्रविधिलगायतको पूर्वाधारहरुको विकासको आवश्यक्ता हुने र त्यस्ता संरचनालाई गुणस्तरीय तरिकाले निर्माण गर्नु पर्ने उनले बताए ।

सम्बन्धित समाचार

समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
  • २०७९ श्रावण ३, २०: २५

वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०७९ श्रावण ३, २०: २५

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०७९ श्रावण ३, २०: २५

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...