
नयाँ विकल्प,
काठमाडौं । निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयमा अनाधिकृत व्यक्ति प्रवेश नगराएको जिकीर गरेका छन् ।
आर्थिक वर्ष २०७९र०८०को बजेट निर्माणका क्रममा गत १४ जेठको मध्यराति दुई जना अनाधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करको दर हेरफेर गरेको आरोपमा शर्मामाथि छानबिन गर्न प्रतिनिधिसभाले संसदीय विशेष छानबिन समिति बनाएको छ ।
उक्त समितिको बिहीबार बैठकमा उपस्थित भएर शर्माले आफूले अनाधिकृत व्यक्ति प्रवेश नगराएको जिकीर गरेका हुन् । आफूमाथि लागेको आरोपलाई बारम्बार अस्वीकार गर्दै उनले देशको आर्थिक अवस्था हेरेर विधि र प्रक्रियामा रहेर बजेट निर्माण गरेको दाबी गरे ।
बिहीबार शर्मासँग छलफल गरेपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै समिति सचिव सुरेन्द्र अर्यालले सभामुख अग्निप्रसाद सापकोटासमक्ष समय थप्नका लागि अनुरोध गरिने जानकारी दिए । प्रतिनिधिसभा बैठकले समितिलाई काम थालेको दिनदेखिख गणना हुनेगरी १० दिनको समय दिएको छ ।
वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...
काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले सोमबार आफ्नो ९०औँ वार्षिकोत्सव मनाएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उपस्थितिमा...
बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....